Advertisement
Advertisement
Corporate Samachar
२६ जेष्ठ २०८३, मंगलवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

दशकौंदेखि थाँती रहेका समस्याहरु एउटा बजेटले समाधान गर्छ भन्ने अपेक्षा अव्यवहारिक :अर्थमन्त्री वाग्ले

दशकौंदेखि थाँती रहेका समस्याहरु एउटा बजेटले समाधान गर्छ भन्ने अपेक्षा अव्यवहारिक :अर्थमन्त्री वाग्ले
विज्ञापन
Advertisement

काठमाडौं । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले देशका दशकौंदेखि थाँती रहेका समस्याहरु एउटा बजेटले समाधान गर्छ भन्ने अपेक्षा अव्यवहारिक भएको बताएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

सोमबार काठमाडौंमा आयोजित आर्थिक वर्ष २०८३–०८४ को बजेट सम्बन्धी नीति संवाद कार्यक्रमा बोल्दै उनले बजेट भनेको सरकारले कहाँबाट स्रोत जुटाउँछ, कहाँ खर्च गर्छ भन्दैगर्दा त्यसका लागि लगभग ७० प्रतिशत तय भइसक्ने जानकारी दिए । त्यसैले बजेट आउँछ सबै समाधान हुन्छ भन्ने सोच गलत भएको बताए ।

उनले भने,‘स्रोत, समय र अपेक्षाको चापका बीचमा बजेट ल्याइएको छ । बजेटका सन्दर्भमा अलिकति अतिरञ्जना पनि भएको छ । देशमा दशकौंदेखि थाँती रहेका समस्याहरु एउटा बजेटले समाधान गर्छ कि भन्ने अपेक्षा अलिक अव्यवहारिक पनि छ । सायद हामीले पनि सोही विषयलाई मलजल गरिरहेकै होलाऔं । बजेट आउँछ सबै समाधान हुन्छ भन्ने होइन् । सरकारले कहाँबाट स्रोत जुटाउँछ कहाँ खर्च गर्छ भन्ने कुरामा लगभग ७० प्रतिशत तय भइसकेको हुन्छ ।’

त्यस्तै मन्त्री वाग्लेले विगत तीन दशकदेखि एकैपटक यति धेरै करको दायरा र संरचनाहरु नचलाएको अवस्थामा यसवर्ष भने त्यो प्रयत्न भएको बताए ।

यद्यपी, समयको चापले गर्दा अझ बढि परिपक्कताकासाथ काम गर्न नसकिएको उनले स्वीकार गरे । समग्र करहरुको बोझ घटाउने चुनाव अघिको प्रतिबद्धता सरकारले पूरा गर्ने जमर्को गरेको उनको भनाई छ ।

‘तीन दशकदेखि एकैपटक यति धेरै करको दायरा संरचनाहरु चलाएका थिएनौं । यसवर्ष प्रयत्न भएको छ । यद्यपी, समयको चापले गर्दा अझ बढि परिपक्कताकासाथ काम गर्न सकिन्थ्यो होला । निर्वाचन अगाडि नै समग्र करहरुको बोझ घटाउँछौं भनेर हामीले बाचापत्रमा भनेका थियौं । त्यो बाचालाई न्याय गर्ने हिसाबले यसमा हात हालेको हौं ।’

त्यस्तै उनले पुन बजेटले मात्र सबै समाधान नगर्ने धारणा दोहोरर्याउँदै बजेटले रोपेका बिऊहरु र त्यसले गरेको केही रणनीतिक लगानीको जगहरुमा निजी क्षेत्रले अर्थतन्त्रलाई वृद्धि गर्ने धारणा राखे ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit