Advertisement
Advertisement
Corporate Samachar
२६ जेष्ठ २०८३, मंगलवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

चितवनको रत्ननगरमा कजारिया रमेश टायल्सको नयाँ शोरुम सञ्चालनमा

चितवनको रत्ननगरमा कजारिया रमेश टायल्सको नयाँ शोरुम सञ्चालनमा
विज्ञापन
Advertisement

चितवन । कजारिया रमेश टायल्स लिमिटेडले बागमती प्रदेशमा आफ्नो व्यावसायिक पहुँच विस्तार गर्ने क्रममा चितवनको रत्ननगरमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ ।

विज्ञापन
Advertisement
Advertisement

चितवन हार्डवेयर एण्ड सेनेटरीद्वारा सञ्चालित उक्त शोरुमको आइतबार एक समारोहका बीच उद्घाटन गरिएको हो ।

शोरुमको उद्घाटन कजारिया रमेश टायल्सका कन्ट्री म्यानेजर अभ्यास तिवारी र मिस नेपाल इन्टरनेशनल २०२५ उरुषा भण्डारीले संयुक्त रूपमा गरे । उक्त अवसरमा कजारिया रमेश टायल्सका प्रतिनिधिहरू तथा चितवन हार्डवेयर एण्ड सेनेटरीको व्यवस्थापन टोलीले स्थानीय उपभोक्ता, आर्किटेक्ट र इन्टेरियर डिजाइनरहरूलाई स्वागत गर्दै शोरुमको अवलोकन गराएका थिए ।

ग्राहक–मैत्री र आकर्षक वातावरणमा डिजाइन गरिएको यस शोरुममा उपभोक्ताहरूले कजारियाका सिग्नेचर फ्लोर र वाल टायल्सको विस्तृत श्रृंखला प्रत्यक्ष रूपमा हेरेर आफ्नो घर वा परियोजनाका लागि उपयुक्त डिजाइन र फिनिसिङ छनोट गर्न सक्ने जनाइएको छ। उद्घाटन कार्यक्रममा बोल्दै कजारिया रमेश टायल्सका प्रतिनिधिले भने, ‘चितवन हार्डवेयर एण्ड सेनेटरीसँगको साझेदारी प्रमुख सहरहरूभन्दा बाहिर पनि उच्च गुणस्तरीय टाइलिङ सोलुसन्स उपलब्ध गराउने दिशामा एउटा महत्त्वपूर्ण कदम हो । चितवन र आसपासका क्षेत्रका बासिन्दाहरूले आधुनिक डिजाइनहरूमा सहज पहुँच पाउन सकून् भन्ने हाम्रो लक्ष्य हो ।’

रत्ननगर–१० मा स्थापित यो शोरुम अहिले पूर्ण रूपमा सञ्चालनमा आइसकेको छ ।

नेपालकै सबैभन्दा ठूलो टायल उत्पादन उद्योग दाबी गरिएको कजारिया रमेश टायल्सको देशभर १०० भन्दा बढी शोरुमहरू रहेका छन्। उन्नत प्रविधि र विश्वस्तरीय मापदण्ड अनुरूप उत्पादन गर्दै आएको यस ब्रान्डले ‘सुपरब्राण्ड २०२५’ ’एशियाज् मोस्ट प्रमिसिङ ब्रान्ड’ को मान्यता पाउनुका साथै ‘एनएस क्वालिटी अवार्ड २०२६’ समेत प्राप्त गरिसकेको छ । कम्पनीसँग हाल ३,००० भन्दा बढी आधुनिक डिजाइनका टायल विकल्पहरू उपलब्ध रहेको जनाइएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit