Advertisement
Advertisement
Corporate Samachar
२६ जेष्ठ २०८३, मंगलवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

भारततर्फ सर्वाधिक निकासी गर्ने उद्योगका रूपमा ‘लिटमस इन्डस्ट्रिज’ सम्मानित

भारततर्फ सर्वाधिक निकासी गर्ने उद्योगका रूपमा ‘लिटमस इन्डस्ट्रिज’ सम्मानित
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल उद्योग परिसंघले लिटमस इन्डस्ट्रिज लिमिटेडलाई सम्मानित गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

हालै सम्पन्न संस्थाको २३औँ वार्षिक साधारण सभामा परिसंघका सदस्य उद्योगहरूमध्ये आर्थिक वर्षमा भारततर्फ सबैभन्दा बढी निर्यात गर्न सफल भएको भन्दै कम्पनीलाई ‘भारततर्फ सबैभन्दा बढी निकासी गर्ने उद्योग’ पुरस्कार प्रदान गरिएको हो।

लिटमस इन्डस्ट्रिज नेपालको सबैभन्दा ठूलो तार, केबल तथा कन्डक्टर उत्पादक लिटमस, एल्युमिनियम एवं एल्युमिनियम अलोय रड उत्पादन गर्ने देशकै एकमात्र उद्योग हो।

पुरस्कार ग्रहण गर्दै कम्पनीका मुख्य सञ्चालन अधिकृत प्रकाश काफ्लेले यो सम्मान गुणस्तर र नवप्रवर्तनप्रतिको प्रतिबद्धताको कदर भएको बताए। साथै उनले आगामी दिनमा पनि निर्यात विस्तार गर्दै देशको आर्थिक र औद्योगिक विकासमा टेवा पुऱ्याउने प्रतिबद्धता व्यक्त गरे । ‘यो उपलब्धि लिटमस परिवारका सम्पूर्ण सदस्यहरूको अथक मेहनत, समर्पण र प्रतिबद्धताको परिणाम हो,’ काफ्लेले भने, ‘हामीले केवल आफ्ना ग्राहकहरूप्रति मात्र नभई नेपालको औद्योगिक भविष्यप्रति पनि विशेष जिम्मेवारी वहन गरेका छौँ। आगामी दिनमा पनि निर्यात विस्तार, अन्तर्राष्ट्रिय बजारमा उपस्थिति सुदृढीकरण तथा नेपालको आर्थिक र औद्योगिक विकासमा योगदान पु¥याउने हाम्रो प्रतिबद्धता निरन्तर रहनेछ। यो सम्मानले हामीलाई अझ उच्च लक्ष्य प्राप्तिका लागि थप प्रेरित गरेको छ।’

नेपालमा एल्युमिनियम तथा एल्युमिनियम अलोय (एएल) रड उत्पादन गर्ने एकमात्र उद्योगका रूपमा परिचित लिटमसले गुणस्तर, नवप्रवर्तन तथा उत्पादन उत्कृष्टतालाई केन्द्रमा राखेर आफ्ना उत्पादनहरू बजारमा उपलब्ध गराउँदै आएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit