Advertisement
Advertisement
Corporate Samachar
२६ जेष्ठ २०८३, मंगलवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

रिट्च कार्लटनको उपस्थितिले विश्वका अर्ब पतिहरूको गन्तव्य नेपाल बन्न सक्छ : मन्त्री वाग्ले

रिट्च कार्लटनको उपस्थितिले विश्वका अर्ब पतिहरूको गन्तव्य नेपाल बन्न सक्छ : मन्त्री वाग्ले
विज्ञापन
Advertisement

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले अन्तर्राष्ट्रिय लक्जरी होटेल ब्रान्ड ‘द रिट्च कार्लटन’ नेपाल भित्रिनु सुखद भएको बताएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

सोमबार अर्थ मन्त्रालयमा म्यारियट इनटरनेशनलका अध्यक्ष डेभीस म्यारियट र नेपाली साझेदार चौधरी समूहका व्यवस्थापकहरूसँगको भेटमा अर्थमन्त्री वाग्लेले यस्तो बताएका हुन् ।

काठमाडौंको ठमेलमा चौधरी समूहसँगको साझेदारीमा द रिट्च कार्लटन होटेल सञ्चालन गर्ने घोषणा गरेको दोस्रो दिन उनीहरू बिच मन्त्रालयमा भेटघाट भएको हो ।

भेटमा अर्थमन्त्री डा.वाग्लेले अध्यक्ष डेभिस म्यारियटलाई नेपालमा व्यवसाय विस्तार गरेर विश्वका धनाढ्यहरूका नेपाल गन्तव्य थपिदिएकामा धन्यवाद दिए । द रिट्च कार्लटनको उपस्थितिले विश्वका अर्ब पतिहरूको गन्तव्य नेपाल बन्न सक्ने पनि उनले बताए ।

नयाँ सरकारले लगानी मैत्री वातावरणका लागि काम गरिरहेको भन्दै अर्थमन्त्री डा.वाग्लेले म्यारियट र द रिट्च कार्लटनलाई काठमाडौं बाहिर पनि व्यवसाय विस्तार गर्न आग्रह गरे ।

लगानी सुरक्षा र प्रवद्र्धनका लागि आवश्यक पूर्वाधार एवम् कानुनी सहजिकरणमा सरकारले पूर्ण सहयोग गर्ने वचन पनि अर्थमन्त्रीले लगानीकर्तालाई दिए ।

अर्थमन्त्रीसँगको भेटमा अध्यक्ष डेभिस म्यारियटले नेपालको विश्व स्तरीय पथ प्रदर्शक गन्तव्य र हिमालको देश भएको र त्यसलाई विश्व बजारमा थप फैलाउने काम द रिट्च कार्लटनले गर्ने बताए ।

नेपालमा द रिट्च कार्लटन घोषणा गर्न पाउँदा अत्यन्तै खुसी मिलेको भन्दै उनले थप लगानी विस्तार गर्ने प्रतिबद्धता पनि जनाए ।

‘नेपाल प्रचुर पर्यटन सम्भावनाको देश हो । विश्व स्तरीय ट्रेकिङ गन्तव्य र हिमालको देशलाई द रिट्च कार्लटनको उपस्थितिले सुखद सन्देश दिनेछ,’ अध्यक्ष डेभिस म्यारियटले भने।

भेटमा सिजी हस्पिटालिटी होल्डिङस् तथा सिजी क्रप ग्लोबलका प्रबन्ध निर्देशक राहुल चौधरीले नेपाल लगानी अवसरहरूको प्रचुर सम्भावनाको मुलुक रहेको बताए । नयाँ सरकार बनेपछि लगानीकर्तामा उत्साह थपिएको भन्दै उनले सरकारबाट यथेष्ट साथ र सहयोग अपरिहार्य रहेको बताए ।

भेटमा सिजी क्रप ग्लोबलका प्रबन्ध निर्देशक निर्वाण चौधरी र म्यारियट एशिया प्याशेफिक (चीन बाहेक) का अध्यक्ष राजीव मेनन र अर्थमन्त्रीको सचिवालयका प्रतिनिधि सहभागी रहेका थिए ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit