काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको इश्युअर रेटिङमा उल्लेखनीय सुधार भएको छ । केयर रेटिङ नेपाल लिमिटेडले कम्पनीको वित्तीय मूल्याङ्कनलाई ‘केयर एनपी बीबीबीं’ बाट स्तरोन्नति गर्दै ‘केयर एनपी ए–’ प्रदान गरेको हो ।
यो रेटिङले कम्पनीसँग आफ्नो वित्तीय दायित्व समयमै पूरा गर्ने पर्याप्त र बलियो क्षमता रहेको संकेत गर्दछ । सुदृढ वित्तीय अवस्था, प्रभावकारी जोखिम व्यवस्थापन, व्यावसायिक कार्यसम्पादनमा सुधार तथा सुशासनप्रतिको प्रतिबद्धताका कारण यो सफलता मिलेको कम्पनीले जनाएको छ ।
‘इन्स्योरिङ फ्युचर’ भन्ने मूल नाराका साथ देशव्यापी शाखा सञ्जालमार्फत सेवा दिँदै आएको कम्पनीले यस उपलब्धिलाई आगामी दिनमा ग्राहक सेवा र दीर्घकालीन वित्तीय स्थायित्व थप सुदृढ बनाउने प्रेरणाको रूपमा लिएको जनाएको छ ।

















प्रतिक्रिया दिनुहोस्