Advertisement
Advertisement
Corporate Samachar
२६ जेष्ठ २०८३, मंगलवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

विश्वव्यापी दबाबका बीच चीनको निर्यातमा उछाल, एक महिनामा अमेरिकाले किन्यो ३९ अर्ब डलरको सामान

विश्वव्यापी दबाबका बीच चीनको निर्यातमा उछाल, एक महिनामा अमेरिकाले किन्यो ३९ अर्ब डलरको सामान
विज्ञापन
Advertisement

काठमाडौं । मध्यपूर्वमा जारी द्वन्द्वका कारण विश्व व्यापार र आपूर्ति प्रणालीमाथि दबाब बढिरहेका बेला चीनको निर्यात मे महिनामा अपेक्षाभन्दा निकै बढेको छ ।

विज्ञापन
Advertisement
Advertisement

मङ्गलबार सार्वजनिक सरकारी तथ्याङ्कअनुसार विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनबाट हुने निर्यात गत वर्षको सोही अवधिको तुलनामा १९.४ प्रतिशतले वृद्धि भएको छ, जसले बजारको अनुमानलाई समेत उछिनेको छ ।

चीनको भन्सार प्रशासन (जीएसी) का अनुसार मे महिनाको निर्यात वृद्धिदर अप्रिलको १४.१ प्रतिशतबाट थप उकालो लाग्दै १९.४ प्रतिशत पुगेको हो । अर्थशास्त्रीहरूले ब्लुमबर्गमार्फत गरिएको सर्वेक्षणमा १५ प्रतिशत वृद्धि हुने अनुमान गरेका थिए। वास्तविक तथ्याङ्क त्यो अनुमानभन्दा उल्लेख्य रूपमा माथि देखिएको छ ।

त्यसैगरी, चीनको आयात पनि बलियो रह्यो। मे महिनामा आयात वार्षिक आधारमा २७.४ प्रतिशतले बढेको छ । यो वृद्धि दर पनि ब्लुमबर्गको २६ प्रतिशतको पूर्वानुमानभन्दा उच्च रहेको छ। आयात र निर्यात दुवै क्षेत्रमा देखिएको मजबुत विस्तारले बाह्य व्यापार चीनको अर्थतन्त्रका लागि अझै महत्त्वपूर्ण सहारा बनेको सङ्केत गरेको छ । विशेषगरी संयुक्त राज्य अमेरिकातर्फको निर्यात उल्लेखनीय रूपमा बढेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बेइजिङ भ्रमणका क्रममा व्यापार सम्बन्ध प्रमुख एजेन्डाका रूपमा रहेको अवस्थामा चीनको अमेरिकातर्फको निर्यात एक वर्षको अवधिमा ३५.४ प्रतिशतले वृद्धि भएको जीएसीले जनाएको छ ।

तथ्याङ्कअनुसार अमेरिकामा चीनको निर्यात मे महिनामा ३९ अर्ब अमेरिकी डलर पुगेको छ। गत वर्षको सोही महिनामा यो रकम २८ अर्ब ८० करोड डलर थियो। त्यतिबेला ट्रम्प प्रशासनको व्यापार नीतिका कारण दुवै देशबीचको व्यापारिक गतिविधिमा दबाब परेको थियो । निर्यातमा आएको यो वृद्धि चीनको अर्थतन्त्रका लागि सकारात्मक सङ्केत मानिएको छ। चीनले लामो समयदेखि उत्पादन र निर्यातमा आधारित वृद्धिको मोडललाई विस्तारै घरेलु उपभोगमा आधारित बनाउने प्रयास गरिरहेको छ। तर अपेक्षाअनुसार आन्तरिक माग बलियो बन्न नसक्दा बाह्य व्यापार अझै पनि अर्थतन्त्रको प्रमुख आधार बनेको छ ।

यद्यपि चुनौतीहरू कायम छन् । कमजोर घरेलु माग, मध्यपूर्व द्वन्द्वका कारण बढ्दो ऊर्जा लागत तथा अन्तर्राष्ट्रिय ढुवानी व्यवस्थामा देखिएका अवरोधले आर्थिक गतिविधिमाथि दबाब सिर्जना गरिरहेका छन् । आधिकारिक तथ्याङ्कले दुई महिनाको विस्तारपछि मे महिनामा चीनको उत्पादन क्षेत्रको गतिविधि लगभग स्थिर अवस्थामा पुगेको देखाएको छ । ऊर्जा तथा रासायनिक उद्योगसँग सम्बन्धित कच्चा पदार्थको मूल्य बढ्दै जाँदा कारखानाहरूको उत्पादन लागत पनि बढिरहेको छ। ढुवानीमा देखिएका समस्या र आपूर्ति शृङ्खलामा परेको असरका कारण उत्पादन क्षेत्रले थप चुनौती सामना गरिरहेको विश्लेषकहरूले बताएका छन् ।

यद्यपि यी चुनौतीका बीच निर्यात र आयात दुवै क्षेत्रमा देखिएको अपेक्षाभन्दा राम्रो प्रदर्शनले चीनको बाह्य व्यापार अहिले पनि विश्व आर्थिक अनिश्चितताबीच तुलनात्मक रूपमा मजबुत रहेको सङ्केत दिएको छ।एएफपी

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit