Advertisement
Advertisement
Corporate Samachar
२६ जेष्ठ २०८३, मंगलवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

ट्राफिक कारबाहीबाट एकैदिन करिब २२ लाख राजस्व संकलन

ट्राफिक कारबाहीबाट एकैदिन करिब २२ लाख राजस्व संकलन
विज्ञापन
Advertisement

काठमाडौं । ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा दुई हजार ३९२ जना सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन्। यसबाट राज्यकोषमा २१ लाख ९२ हजार ५०० रुपैयाँ राजस्व दाखिला भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेका ९२, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १७१, सङ्केत बत्ती उल्लङ्घनकर्ता १५१ र तीव्रगतिमा सवारीसाधन हुइँक्याएका १४५ जनालाई कारबाही गरिएको छ।

त्यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने ५६, निषेधित क्षेत्रमा हर्न बजाउने १४५, सडक पेटीमा सवारीसाधन पार्किङ गर्ने १५१, एकतर्फी सडकमा सवारी चलाउने १५९ र अन्य सवारी नियम पालना नगरेका एक हजार ३९४ गरी कुल दुई हजार ३९२ जनालाई कारबाही गरिएको हो।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit