काठमाडौं । संसद्मा दर्ता भइसकेको आर्थिक विधेयकबाट १६ पृष्ठ हटाएर करको दर हेरफेर गरेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको राजीनामा माग गरेको छ।
मंगलबार प्रतिनिधि सभा बैठकमा राप्रपाकी प्रमुख सचेतक खुश्बु ओलीले यो विषयमा निष्पक्ष छानबिन हुनुपर्ने बताइन् । ओलीले विशेष गरी बीवाईडी विद्युतीय गाडी आयात प्रकरणमा करका दरहरूमा चलखेल गरिएको आशंका गर्दै अर्थमन्त्रीले यसको स्पष्ट जवाफ दिनुपर्ने र छानबिन नसकिँदासम्म जिम्मेवारीबाट बाहिरिनुपर्ने माग गरेकी छन्। ‘बीवाईडी गाडी आयात प्रकरणमा अर्थमन्त्रीले आफ्नो भूमिका र जिम्मेवारीबारे स्पष्ट जवाफ दिनुपर्छ, उनले भनिन्, ‘निष्पक्ष छानबिनका लागि उहाँले तत्काल जिम्मेवारीबाट अलग हुनुपर्छ ।’ ।
अर्थमन्त्री वाग्लेले जेठ १५ गते संसद्मा पेस गरेको मूल आर्थिक विधेयक ४६४ पृष्ठको थियो। तर, अर्थ मन्त्रालयले संसद्को स्वीकृति बिना नै १६ पृष्ठ हटाएर ४४८ पृष्ठको नयाँ संस्करण आफ्नो वेबसाइटमा सार्वजनिक गरेको छ।
संसदीय व्यवस्था अनुसार संसद्मा पेस भइसकेको विधेयक सरकारी पुँजी हुने भएकाले त्यसमा फेरबदल गर्ने अधिकार मन्त्रालयलाई हुँदैन। त्यस्ता त्रुटि सच्याउन संसद्मै संशोधन प्रस्ताव लैजानुपर्ने कानुनी व्यवस्था छ।

















प्रतिक्रिया दिनुहोस्