Advertisement
Advertisement
Corporate Samachar
२६ जेष्ठ २०८३, मंगलवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

रावा बैंकले गरिदियो प्रहरी र अनुसन्धानका ८१ हजार बढी कर्मचारीको दुर्घटना बीमा

रावा बैंकले गरिदियो प्रहरी र अनुसन्धानका ८१ हजार बढी कर्मचारीको दुर्घटना बीमा
एआई निर्मित प्रतिकात्मक तस्बिर
विज्ञापन
Advertisement

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका ८१ हजार भन्दा बढी कर्मचारीको सामूहिक व्यक्तिगत दुर्घटना बीमा गराएको छ ।

विज्ञापन
Advertisement
Advertisement

बैंकमा तलबी बचत खाता रहेका दुवै निकायका कुल ८१ हजार ७०० कर्मचारीहरूका लागि यो बीमा गराइएको हो । बैंकले नेको इन्स्योरेन्स लिमिटेडमा कर्मचारीको बीमा गराएको हो ।

बैंकका अनुसार प्रतिव्यक्ति ५ लाख रुपैयाँसम्मको दुर्घटना बीमा सुविधा प्रदान गरिने यो योजना अन्तर्गत नेपाल प्रहरीका ७९ हजार ५०० र राष्ट्रिय अनुसन्धान विभागका २ हजार २०० कर्मचारी समेटिनेछन् ।

उक्त सामूहिक बीमा सेवा खरिदका लागि बैंकले खुला बोलपत्र आह्वान गरेको थियो । प्राप्त प्रस्तावहरूको विस्तृत प्राविधिक तथा वित्तीय मूल्याङ्कन गर्दा नेको इन्स्योरेन्सको प्रस्ताव न्यूनतम मूल्याङ्कित तथा सारभूत रूपमा सार्वजनिक खरिद ऐन, २०६३ को दफा २७ को उपदफा (२) बमोजिम उचित ठहरिएको बैंकले जनाएको छ ।

बैंकका अनुसार उक्त बीमा सेवा उपलब्ध गराउन नेको इन्स्योरेन्सले ६४ लाख ९५ हजार १५० रुपैयाँको प्रस्ताव पेश गरेको थियो । यस सामूहिक दुर्घटना बीमा योजनालाई कर्मचारीमैत्री र बृहत् बनाउन मृत्यु लाभका अतिरिक्त थप बीमित कर्मचारीको सुरक्षा सुनिश्चित गर्न योजना अन्तर्गत ‘लाभ क’ र ‘लाभ खड समेटिएको छ, जसले दुर्घटनाजन्य अंगभंग तथा अन्य जोखिमहरूमा वित्तीय सुरक्षा प्रदान गर्ने बैंकले जनाएको छ ।

राष्ट्रिय वाणिज्य बैंकले यस अघि पनि राष्ट्रसेवक कर्मचारीहरूको हित र सामाजिक सुरक्षणका लागि विभिन्न सहुलियत कार्यक्रमहरू ल्याउँदै आएको उल्लेख छ । यस सामूहिक बीमाले अहोरात्र कार्यक्षेत्रमा खटिने सुरक्षाकर्मी र अनुसन्धान अधिकारीहरूको मनोबल थप उच्च बनाउने विश्वास बैंकले लिएको छ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit