Advertisement
Advertisement
Corporate Samachar
२६ जेष्ठ २०८३, मंगलवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

बजार मूल्यले बिरामीको ढाड सेक्दै: भरतपुर अस्पतालले खरिद गर्ने मूल्यभन्दा औषधिको बजार मूल्य आठ गुणा बढी

बजार मूल्यले बिरामीको ढाड सेक्दै: भरतपुर अस्पतालले खरिद गर्ने मूल्यभन्दा औषधिको बजार मूल्य आठ गुणा बढी
विज्ञापन
Advertisement

चितवन । स्वास्थ्य बिमा बोर्डले निर्धारण गरेको औषधिको मूल्य र बजारमा बिक्री हुने खुद्रा मूल्य (एमआरपी) बीच ठूलो अन्तर देखिएको छ। कतिपय औषधिमा बिमाले तोकेको मूल्य बजार मूल्यभन्दा आठ गुणासम्म कम रहेको पाइएको छ।

विज्ञापन
Advertisement
Advertisement

ग्यास्ट्रिकको उपचारमा प्रयोग हुने प्यान्टाप्राजोल औषधि यसको एउटा उदाहरण हो। बजारमा प्रतिट्याबलेट आठ रुपैयाँमा बिक्री हुने उक्त औषधिको मूल्य स्वास्थ्य बिमा बोर्डले १.५६ रुपैयाँ तोकेको छ भने भरतपुर अस्पतालले १.१२ रुपैयाँमा बिक्री गर्दै आएको छ। अस्पतालले बोलपत्रमार्फत खरिद गरेको मूल्यमा २० प्रतिशत नाफा थपेर औषधि बिक्री गर्ने गरेको जनाएको छ।

यस्तै, प्रोस्टेटका बिरामीले प्रयोग गर्ने सिलोडोसिन ८ एमजीको बजार मूल्य प्रतिट्याबलेट ३५ रुपैयाँ रहेकोमा स्वास्थ्य बिमाले सात रुपैयाँ मात्र तोकेको छ। कोलेस्ट्रोल नियन्त्रणका लागि प्रयोग हुने रोजोभास्टाटिन २० एमजीको बजार मूल्य ३८ रुपैयाँ हुँदा बिमाको दररेट ३.३८ रुपैयाँ छ। कलेजोसम्बन्धी समस्यामा प्रयोग हुने युविलिक ३०० एमजीको बजार मूल्य ४० रुपैयाँ भए पनि बिमाले ४.०५ रुपैयाँ मात्र निर्धारण गरेको छ।

दमका बिरामीले प्रयोग गर्ने सेरिडिल २५० रोटाक्यापको बजार मूल्य प्रतिवट्टा ६०८ रुपैयाँ छ। तर स्वास्थ्य बिमा बोर्डले त्यसको मूल्य ३२३.४० रुपैयाँ तोकेको छ। मधुमेहको औषधि इन्फाग्लिप्टिन २५ एमजीको बजार मूल्य ३० रुपैयाँ रहेकोमा बिमाको दररेट १०.५० रुपैयाँ छ। भिटामिन बी–१२ पूर्तिका लागि प्रयोग हुने मिथायल कोबालामिन १५०० एमसीजीको बजार मूल्य १९.८० रुपैयाँ हुँदा बिमाले २.७० रुपैयाँ मात्र तोकेको छ।

भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. विश्वबन्धु बगालेले बिमा बोर्डले तोकेको मूल्यमा केही औषधि बिक्री गर्न कठिन हुने बताए। उनका अनुसार अस्पतालले खरिद मूल्यमा अधिकतम २० प्रतिशत नाफा थपेर मूल्य निर्धारण गर्दै आएको छ। बिमा बोर्डले तोकेको मूल्य र अस्पतालको मूल्यमध्ये जुन कम हुन्छ, बिमाका बिरामीलाई सोही दरमा औषधि उपलब्ध गराइन्छ।

नेपाल औषधि उत्पादक सङ्घ (एपोन) का महासचिव सन्तोष बरालले बजार मूल्यभन्दा निकै कम दरमा औषधि बिक्री गर्दा उत्पादक र आपूर्ति प्रणालीलाई असर पर्न सक्ने बताए। औषधि उत्पादक, थोक बिक्रेता र खुद्रा बिक्रेताको बहुस्तरीय वितरण प्रणालीका कारण लागत मूल्य र बजार मूल्यबीच उल्लेख्य अन्तर देखिने गरेको उनको भनाइ छ।

औषधिको मूल्य निर्धारण र नियमन सरकारी निकायबाट हुने भए पनि बिमा बोर्डले तोकेको दर र बजार मूल्यबीचको ठूलो अन्तरले औषधि आपूर्ति, अस्पताल व्यवस्थापन र स्वास्थ्य बिमा प्रणालीको दीर्घकालीन दिगोपनाबारे प्रश्न उठाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit