Advertisement
Advertisement
Corporate Samachar
२६ जेष्ठ २०८३, मंगलवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

स्वदेशी ब्रान्डको प्रधानमन्त्री र मन्त्रीहरूबाटै प्रचार, बैठकमै बाँडियो डीडीसीको पेडा

स्वदेशी ब्रान्डको प्रधानमन्त्री र मन्त्रीहरूबाटै प्रचार, बैठकमै बाँडियो डीडीसीको पेडा
विज्ञापन
Advertisement

काठमाडौं । सरकारले स्वदेशी उत्पादनलाई राष्ट्रिय गौरवका रूपमा प्रवर्द्धन गर्न विशेष अग्रसरता देखाएको छ।

विज्ञापन
Advertisement
Advertisement

मन्त्रिपरिषद्को आज बसेको बैठकमा सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थान (डीडीसी) का उत्पादनहरूको देशव्यापी प्रवर्द्धन तथा बजार विस्तार गर्ने विषयमा गहन छलफल भएको छ। कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले मन्त्रिपरिषद् बैठकमा डीडीसीको उत्पादन प्रवर्द्धनको एजेन्डालाई मुख्य रूपमा उठाएको उनको सचिवालयले जनाएको छ।

बैठकमा मन्त्री चौधरीले स्वदेशी दुग्ध उत्पादनको संरक्षण, किसानको हित प्रवर्द्धन तथा संस्थानको व्यावसायिक सुदृढीकरणका लागि डीडीसीका उत्पादनहरूको प्रयोग र प्रवर्द्धनलाई प्राथमिकता दिनुपर्ने कुरामा जोड दिइन् ।

उनले डीडीसीलाई थप प्रतिस्पर्धी, गुणस्तरीय र आत्मनिर्भर संस्थाका रूपमा विकास गर्न सरकारका विभिन्न निकायबिच आपसी समन्वय आवश्यक रहेको उल्लेख गरिन् । नेपाली दुग्ध किसानबाट सङ्कलित दूधको उचित व्यवस्थापन र उत्पादनको बजार सुनिश्चित गर्न सरकारी तहबाट आवश्यक सहयोग हुनुपर्नेमा उनको जोड छ ।

बैठककै क्रममा मन्त्री चौधरीले प्रधानमन्त्री बालेन्द्र शाहसहित मन्त्रिपरिषद्का सदस्यहरूलाई डीडीसीका उत्पादनहरूको विशेष प्याकेज वितरण गरेकी छन् । सो क्रममा डीडीसीको चिज, पेडा, दूध, पनिरदेखि बटरसम्म मन्त्रीहरुलाई दिइएको थियो । लामो समयदेखि नेपाली उपभोक्ता माझ शुद्ध र गुणस्तरीय दूध, घिउ, दही, पनिर, चिजलगायतका दुग्धजन्य उत्पादनहरू उपलब्ध गराउँदै आएको डीडीसीको यो अभियानलाई थप ऊर्जा दिने काम प्रधानमन्त्री बालेन्द्र शाहले पनि गर्दै आएका छन् ।

यसअघि प्रधानमन्त्री शाहले डीडीसीका उत्पादनहरूको प्रवर्द्धन र प्रचार सामाजिक सञ्जालबाट गरेर स्वदेशी वस्तुको उपभोग बढाउन सन्देश दिएका थिए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit