Advertisement
Advertisement
Corporate Samachar
२६ जेष्ठ २०८३, मंगलवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

चौथो दिन घटेको बजारमा ६ अर्ब माथि पुग्यो शेयर कारोबार

चौथो दिन घटेको बजारमा ६ अर्ब माथि पुग्यो शेयर कारोबार
विज्ञापन
Advertisement

काठमाडौं । शेयर बजार लगातार चौथो कारोबार दिन पनि ओरालो लागेको छ। मंगलबार नेप्से परिसूचक १.५४ अंकले घटेर २७३३ अंकमा बन्द भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

सअघि बिहीबार, शुक्रबार र सोमबार पनि बजार घटेको थियो । परिसूचक घटे पनि आज कारोबार रकममा भने सुधार आएको छ । सोमबार जम्मा ४ अर्ब ८ करोडको शेयर खरिदबिक्री भएकोमा आज ६ अर्ब ४४ करोड रुपैयाँको कारोबार भएको छ, जुन वैशाख १५ गतेयताकै उच्च हो ।

आज १०५ कम्पनीको मूल्य बढ्दा १५१ को घट्यो भने १५ कम्पनीको मूल्य स्थिर रह्यो । समूहगत रूपमा फाइनान्स उपसमूह सबैभन्दा धेरै १.०१ प्रतिशतले घट्दा अन्य, उत्पादन, जलविद्युत् र होटल समूहमा सामान्य वृद्धि देखिएको छ।

आज हालै सूचीकृत भएका सोपान फर्मास्युटिकल्स र कालिन्चोक हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १५ प्रतिशतले बढेको छ । यता क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य सर्वाधिक ९.१६ प्रतिशतले घट्दा सेन्ट्रल फाइनान्स, आँखुखोला जलविद्युत् र अपर हेवाखोला लगायतका कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाएका छन्।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit