Advertisement
Advertisement
Corporate Samachar
२६ जेष्ठ २०८३, मंगलवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

बालेन सरकारका नवनियुक्त दुई मन्त्रीले लिए शपथ ( तस्बिरहरु)

बालेन सरकारका नवनियुक्त दुई मन्त्रीले लिए शपथ ( तस्बिरहरु)
विज्ञापन
Advertisement

काठमाडौं । नवनियुक्त दुई मन्त्रीले पद तथा गोपनियताको शपथ लिएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

मंगलबार प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गृहमा पुनः सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्रीमा स्वतन्त्र सांसद महावीर पुनलाई नियुक्त गरेसँगै शपथ दिलाएका हुन् ।

उनीहरू दुईजनाको शपथ आज पाँच बजे राष्ट्रपतिको कार्यालयमा भएको हो ।

वर्तमान सरकारमै यसअघि गृहमन्त्री रहेका गुरुङको सम्पत्तिमाथि प्रश्न उठाइएपछि उनले पदबाट राजीनामा दिएका थिए। गुरुङको सम्पत्ति छानबिन गर्न सरकारद्वारा गठित समितिले गुरुङलाई सफाइ दिएर प्रधानमन्त्री बालेनलाई प्रतिवेदन बुझाइसकेको सन्दर्भमा आजै मन्त्रिपरिषद् बैठकले उक्त प्रतिवेदन स्वीकारेको थियो। महावीर भने तत्कालीन प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा शिक्षामन्त्री थिए। उनी फागुन २१ को निर्वाचनमा म्याग्दीबाट स्वतन्त्र लडेर प्रतिनिधि सभा सदस्यमा निर्वाचित बनेका थिए।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit