Advertisement
Advertisement
Corporate Samachar
२६ जेष्ठ २०८३, मंगलवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

उन्नति र मेरियट बिजनेस काउन्सिलबीच नेपाली मौलिक उत्पादन प्रवर्द्धनका लागि सम्झौता

उन्नति र मेरियट बिजनेस काउन्सिलबीच नेपाली मौलिक उत्पादन प्रवर्द्धनका लागि सम्झौता
विज्ञापन
Advertisement

काठमाडौं । नेपाली परम्परागत सीप, महिला उद्यमशीलता र स्थानीय हस्तकलालाई अन्तर्राष्ट्रिय बजारसँग जोड्न उन्नति र मेरियट बिजनेस काउन्सिल, बीच रणनीतिक साझेदारी भएको छ।

विज्ञापन
Advertisement
Advertisement

चौधरी फाउन्डेसन अन्तर्गतको पहल उनन्नति र मेरियट बिजनेस काउन्सिल, दक्षिण एसियाबीच रणनीतिक साझेदारी पत्रमा हस्ताक्षर भएको हो । सम्झौता पत्रमा चौधरी फाउन्डेसनका अध्यक्ष निर्वाण चौधरी र मेरियट बिजनेस काउन्सिलका तर्फबाट किरण एन्डीकोटले हस्ताक्षर गरे । उक्त समारोहमा चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरी र मेरियट इन्टरनेशनलका अध्यक्ष डेभिड मेरियट लगायतको उपस्थिति थियो।

यस अवसरमा चौधरी फाउण्डेशनका अध्यक्ष निर्वाण चौधरीले नेपालसँग समृद्ध हस्तकला र उद्यमशीलताको परम्परा रहेकोले यसले विश्वस्तरमा अझ बढी पहिचान पाउनुपर्ने बताए । उनले यो सहकार्यले विशेषगरी महिला उद्यमी र हस्तकला उत्पादकलाई अन्तर्राष्ट्रिय बजारसँग जोडेर स्थानीय समुदायलाई सशक्त बनाउने महत्वपूर्ण अवसर प्रदान गर्ने विश्वास व्यक्त गरे ।

महिला उद्यमी तथा स्थानीय समुदायले उत्पादन गरेका नेपाली हस्तकलाका सामग्रीहरूलाई मेरियट र यससँग आबद्ध अन्तर्राष्ट्रिय होटलहरूमा प्रदर्शन, प्रवर्द्धन तथा प्रयोग (होटल सञ्चालन सामग्रीका रूपमा) गर्ने सम्भावनाको खोजी गर्नु यस साझेदारीको उद्देश्य रहेको छ।

यसमा उन्नतिको प्रिमियम ब्राण्ड ‘सिया’ मार्फत होटल तथा कर्पोरेट उपहारका लागि उपयुक्त सामग्री छनोट गर्ने, गुणस्तर सुनिश्चित गर्ने र महिला नेतृत्वका उद्यमहरूलाई परिचालन गरिने जनाइएको छ। सम्झौता अनुसार उत्पादन सम्बन्धी मार्गदर्शन दिने, नेपाली सामग्रीहरूलाई होटलहरूमा प्रवर्द्धन गर्ने र होटल सञ्चालकहरूसँग उन्नतिका उत्पादनहरू प्रयोग गर्नेबारे सहजीकरणका काम मेरियटले गर्नेछ।

यो साझेदारीले नेपालको सांस्कृतिक सम्पदाको संरक्षण गर्दै स्थानीय समुदायलाई सशक्त बनाउने र दिगो आर्थिक वृद्धिलाई टेवा पुर्‍याउने लक्ष्य राखेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit