काठमाडौं । चालु आर्थिक वर्षको समीक्षा अवधि (वैशाखसम्म) नेपालको बाह्य क्षेत्रका प्रमुख सूचकहरूमा उल्लेख्य सुधार देखिएको छ। नेपाल राष्ट्र बैंकका अनुसार चालु खाता, शोधनान्तर स्थिति तथा प्रत्यक्ष वैदेशिक लगानी सबैमा उल्लेखनीय वृद्धि भएको छ।
समीक्षा अवधिमा चालु खाता ७२९ अर्ब २८ करोडले बचतमा रहेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा चालु खाता २७२ अर्ब ५३ करोडले बचतमा रहेको थियो। अमेरिकी डलरमा चालु खाता बचत अघिल्लो वर्षको २ अर्ब १ करोडबाट बढेर ५ अर्ब ५ करोड डलर पुगेको छ।
त्यसैगरी, समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर रु। १४ अर्ब ६५ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर रु। ८ अर्ब ४८ करोड रहेको थियो।
प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) मा पनि सुधार देखिएको छ। समीक्षा अवधिमा इक्विटीमार्फत १६ अर्ब ९६ करोड प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो लगानी रु। १० अर्ब ५८ करोड रहेको थियो।
यसैबीच, मुलुकको शोधनान्तर स्थिति ८६३ अर्ब ५६ करोडले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ४३८ अर्ब ५२ करोडले बचतमा रहेको थियो।
अमेरिकी डलरमा शोधनान्तर बचत अघिल्लो वर्षको ३ अर्ब २३ करोडबाट बढेर ५ अर्ब ९८ करोड डलर पुगेको राष्ट्र बैंकले जनाएको छ।
छ।

















प्रतिक्रिया दिनुहोस्