Advertisement
Advertisement
Corporate Samachar
२६ जेष्ठ २०८३, मंगलवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

१६ महिनायताकै उच्च विन्दुमा पुग्यो महँगी, फलफूल, तेल र यातायातमा उच्च मूल्यवृद्धि

१६ महिनायताकै उच्च विन्दुमा पुग्यो महँगी, फलफूल, तेल र यातायातमा उच्च मूल्यवृद्धि
विज्ञापन
Advertisement

काठमाडौं । देशमा महँगी दर (मुद्रास्फीति) १६ महिनायताकै उच्च विन्दुमा पुगेको छ। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सम्बन्धी प्रतिवेदन अनुसार गत वैशाख महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.०४ प्रतिशत पुगेको छ ।

विज्ञापन
Advertisement
Advertisement

गत आर्थिक वर्ष २०८१/८२ को सोही महिनामा यस्तो मुद्रास्फीति जम्मा २.७७ प्रतिशत मात्र थियो । २०८१ पुसमा ५.४१ प्रतिशत रहेको मुद्रास्फीति त्यसपछि लगातार घटेर १.११ प्रतिशतसम्म झरेको थियो । तर, गत फेब्रुअरीदेखि मध्यपूर्वमा सुरु भएको तनाव र त्यसका कारण पेट्रोलियम पदार्थलगायतमा भएको मूल्यवृद्धिको प्रत्यक्ष असर नेपाली बजारमा देखिन थालेको छ ।

फलफूल, तेल र यातायातमा चर्को मूल्यवृद्धि
प्रतिवेदन अनुसार गैर–खाद्य तथा सेवा समूहको महँगी खाद्य समूहको तुलनामा बढी छ । वैशाखमा गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ५.२६ प्रतिशत र खाद्य तथा पेय पदार्थ समूहको ४.६३ प्रतिशत रहेको छ ।

कुन वस्तु र सेवामा कति बढ्यो महँगी ?

फलफूल : १८.६० प्रतिशत (खाद्य समूहमा सबैभन्दा बढी)

घ्यू तथा तेल: १३.९९ प्रतिशत

तरकारी : ५.४० प्रतिशत

माछा तथा मासु: ४.१६ प्रतिशत

यातायात: १५.३० प्रतिशत (इन्धनको मूल्यवृद्धिको असर )

शिक्षा :५.५४ प्रतिशत

मदिराजन्य पेय पदार्थ:  ४.७७ प्रतिशत

कपडा तथा जुत्ताचप्पल: ४.७३ प्रतिशत

तथ्यांकअनुसार दाल तथा गेडागुडीको मूल्य सूचकांक भने १.६७ प्रतिशत र मरमसलाको ०.६५ प्रतिशतले घटेको छ ।

सहर र कोशी प्रदेशमा सबैभन्दा बढी महँगी
क्षेत्रगत रूपमा हेर्दा ग्रामीण क्षेत्रको तुलनामा सहरी क्षेत्रका बासिन्दा महँगीको मारमा बढी परेका छन् । सहरी क्षेत्रको मुद्रास्फीति ५.२९ प्रतिशत रहँदा ग्रामीण क्षेत्रको ४.३५ प्रतिशत छ । भौगोलिक आधारमा तराई क्षेत्रमा सबैभन्दा बढी ५.५९ प्रतिशत महँगी बढेको छ भने काठमाडौं उपत्यकामा ४.९० प्रतिशत, पहाडमा ४.७३ प्रतिशत र हिमालमा ३.७३ प्रतिशत मुद्रास्फीति रहेको छ ।

प्रदेशगत रुपमा महँगीको अवस्था
कोशी प्रदेश : ५.६४ प्रतिशत (सबैभन्दा बढी)

मधेश प्रदेश: ५.४७ प्रतिशत

लुम्बिनी प्रदेश: ५.३१ प्रतिशत

कर्णाली प्रदेश: ४.८८ प्रतिशत

गण्डकी प्रदेशस् ४.८६ प्रतिशत

सुदूरपश्चिम प्रदेश: ४.६५ प्रतिशत

बागमती प्रदेश: ४.५५ प्रतिशत (सबैभन्दा कम)

थोक मुद्रास्फीति पनि बढ्यो, निर्माण सामग्री महँगिए
उपभोक्ता बजार मात्र नभई थोक बजारमा पनि मूल्यवृद्धि बढेको छ। वैशाख महिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ५.९६ प्रतिशत पुगेको छ, जुन गत वर्षको वैशाखमा ३.९५ प्रतिशत मात्र थियो । थोक बजारमा उपभोग्य वस्तुको मूल्य ८.६३ प्रतिशतले घटेको भए पनि मध्यवर्ती वस्तुको थोक मूल्य १५.५९ प्रतिशतले बढेको छ । त्यस्तै, पुँजीगत वस्तुको ४.६१ प्रतिशत र विकास निर्माणमा प्रयोग हुने निर्माण सामग्रीको थोक मूल्य सूचकांक २.४७ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ । चालू आर्थिक वर्षको १० महिनाको औसत मुद्रास्फीति भने २.६६ प्रतिशत रहेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ४.३९ प्रतिशत थियो ।

उपभोक्ता स्तरको महँगीलाई हेर्दा छिमेकी मुलुक भारतको तुलनामा नेपालमा महँगीको दर निकै उच्च देखिएको छ। सन् २०२६ अप्रिल ( वैशाख आसपास) मा भारतको उपभोक्ता मुद्रास्फीति ३.४८ प्रतिशत मात्र रहेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit