Advertisement
Advertisement
Corporate Samachar
२६ जेष्ठ २०८३, मंगलवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

‘डीजीओ एप’ मा फिफा विश्वकपको प्रत्यक्ष प्रसारण मोबाइल पासबाटै हेर्न सकिने

‘डीजीओ एप’ मा फिफा विश्वकपको प्रत्यक्ष प्रसारण मोबाइल पासबाटै हेर्न सकिने
विज्ञापन
Advertisement

काठमाडौं। नेपालको डिजिटल स्ट्रिमिङ प्लेटफर्म ‘डीजीओ’ले फिफा विश्वकप २०२६ को अवसरमा विशेष ‘मोबाइल–ओन्ली’ पास सार्वजनिक गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

फुटबल प्रेमीहरूले अब मात्र ५४९ रुपैयाँमा विश्वकपका सबै १०४ वटा खेलहरू आफ्नो मोबाइलमा प्रत्यक्ष हेर्न सक्नेछन्।

त्यसका लागि इच्छुक ग्राहकले डीजीओ एपमार्फत सिधै प्याक खरिद गरेर उत्कृष्ट भिडियो क्वालिटीमा १०८० फुल एचडी मा खेलको प्रत्यक्ष प्रसारण हेर्न सक्नेछन् । दर्शकले आफ्नो रोजाइअनुसार नेपाली वा अङ्ग्रेजी भाषामा कमेन्टरी सुन्न सक्ने कम्पनीले जनाएको छ।

यसका लागि कुनै तेस्रो पक्षबिना डीजीओ एपबाटै केही क्लिकमा पास सक्रिय गर्न सकिने छ। विज्ञप्ति जारी गर्दै डीजीओले अनलाइनमा देखिने असुरक्षित ‘ स्ट्रिमिङ’ वा शंकास्पद एपहरू प्रयोग नगर्न दर्शकहरूलाई आग्रह गरेको छ।

यस्ता अनधिकृत प्लेटफर्मले व्यक्तिगत र बैंकिङ विवरणमा जोखिम निम्त्याउन सक्ने भन्दै आधिकारिक पार्टनरमार्फत सुरक्षित रूपमा विश्वकपको आनन्द लिन कम्पनीले सचेत गराएको हो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit