Advertisement
Advertisement
Corporate Samachar
२२ भाद्र २०८३, सोमबार
Advertisement

फाइनलअघि अर्जेन्टिनाका डिफेन्डर मार्टिनेजको सन्देशः ‘सबै जना एक भएर अघि बढौँ’

फाइनलअघि अर्जेन्टिनाका डिफेन्डर मार्टिनेजको सन्देशः ‘सबै जना एक भएर अघि बढौँ’
विज्ञापन
Advertisement

काठमाडौं । फिफा विश्वकप २०२६ को फाइनल खेलअघि अर्जेन्टिनाका डिफेन्डर लिसान्द्रो मार्टिनेजले टोलीको एकता र आपसी सम्बन्धबारे भावुक सन्देश दिएका छन् । साविक विजेता अर्जेन्टिनाले आइतबार न्युजर्सीस्थित मेटलाइफ स्टेडियममा स्पेनसँग उपाधिका लागि प्रतिस्पर्धा गर्दैछ ।

विज्ञापन
Advertisement
Advertisement

म्यानचेस्टर युनाइटेडका सेन्टर ब्याक मार्टिनेजले सामाजिक सञ्जाल ‘एक्स’ मा अर्जेन्टिना टोलीको तस्बिर सार्वजनिक गर्दै टोलीभित्रको बलियो सम्बन्ध र एकताप्रति गर्व व्यक्त गरेका हुन् ।

उनले लेखेका छन,‘यो उत्कृष्ट समूह हो । मानवीय पक्षलाई शब्दमा वर्णन गर्न सकिँदैन । सबै जना, साँच्चै सबै जना, यो राष्ट्रिय टोलीका लागि हरेक सानो कुरामा पनि अगाडि बढ्न प्रेरित गरिरहेका छन् र आफ्नो सबै कुरा दिइरहेका छन् । भोलि पनि हामी सबै एकसाथ हुनेछौँ, जसरी पहिलो दिनदेखि रहँदै आएका छौँ । यो टोलीको हिस्सा बन्न पाउनु विशेष अवसर हो । अगाडि बढौँ अर्जेन्टिना ।’

मार्टिनेज विश्वकप यात्रामा अर्जेन्टिनाका महत्वपूर्ण खेलाडीमध्ये एक बनेका छन् । उनले टोलीका सातमध्ये ६ खेलमा सुरुआती ११ मा स्थान बनाएका छन् । इंग्ल्यान्डविरुद्धको सेमिफाइनलमा पनि उनले उत्कृष्ट प्रदर्शन गर्दै ७२ मिनेट खेलेका थिए । उक्त खेलमा अर्जेन्टिनाले २–१ को रोमाञ्चक जित निकाल्दै फाइनल यात्रा तय गरेको थियो । २८ वर्षीय मार्टिनेजले क्रिस्टियन रोमेरोसँग मिलेर अर्जेन्टिनाको रक्षापंक्तिलाई मजबुत बनाएका छन् । अर्जेन्टिना लगातार दोस्रो पटक विश्वकप उपाधि जित्ने लक्ष्यमा रहेको छ ।

अर्जेन्टिना फाइनलमा १४ खेलको लगातार जितको लयसहित प्रवेश गर्दैछ । यो दक्षिण अमेरिकी टोलीको सबैभन्दा लामो जित यात्रामध्ये एक हो । नकआउट चरणका चारै खेलमा अर्जेन्टिनाले कठिन परिस्थितिबाट पुनरागमन गर्दै वा अन्तिम समयमा निर्णायक गोल गर्दै जित हासिल गरेको छ ।

तर फाइनलमा अर्जेन्टिनाको सामना बलियो रक्षात्मक प्रदर्शन गरिरहेको स्पेनसँग हुनेछ । स्पेनले प्रतियोगिताका सात खेलमा केवल एक गोल मात्र बेहोरेको छ भने एउटै विश्वकप संस्करणमा ६ वटा क्लिन सिट राख्ने पुरुष विश्वकप इतिहासकै पहिलो टोली बनेको छ ।

समूह चरणमा केप भर्डेसँग गोलरहित बराबरी खेलेपछि स्पेनले लगातार ६ खेल जित्दै फाइनल यात्रा तय गरेको हो । उसले अस्ट्रिया, पोर्चुगल, बेल्जियम र फ्रान्सजस्ता बलिया टोलीलाई पराजित गर्दै २०१० पछि पहिलो पटक विश्वकप फाइनलमा स्थान बनाएको हो ।

अर्जेन्टिना र स्पेनबीचको विगतको आमनेसामने तथ्यांक पनि बराबरी छ । दुवै टोलीले ६–६ जित हात पारेका छन् भने दुई खेल बराबरीमा सकिएका छन् । कोपा अमेरिका विजेता अर्जेन्टिना र युरोपियन च्याम्पियन स्पेनबीचको फाइनल निकै रोमाञ्चक हुने अपेक्षा गरिएको छ । एएनआई

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit