Advertisement
Advertisement
Corporate Samachar
२७ भाद्र २०८३, शनिबार
Advertisement

प्रवासी नेपालीलाई मातृभूमिको विकासमा लगानी गर्न अर्थमन्त्रीको आग्रह

प्रवासी नेपालीलाई मातृभूमिको विकासमा लगानी गर्न अर्थमन्त्रीको आग्रह
विज्ञापन
Advertisement

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विदेशमा रहेका नेपालीलाई मातृभूमिको आर्थिक विकासमा लगानी गर्न आग्रह गर्दै ‘एक पटकको नेपाली, सधैँको नेपाली’ भन्ने सरकारको मान्यतामा विश्वस्त रहन आह्वान गरेका छन्।

विज्ञापन
Advertisement
Advertisement

शनिबार अस्ट्रेलियास्थित नेपाली युवा उद्यमीसँग भएको भर्चुअल छलफलमा अर्थमन्त्री वाग्लेले प्रवासी नेपालीलाई देशका सद्भावनादूतको संज्ञा दिँदै नेपालको विकास र आर्थिक पुनरुत्थानमा सक्रिय साझेदार बन्न आग्रह गरेका हुन्।

उनले सरकारले बजेटमार्फत कर प्रणाली, राजस्व परिचालन तथा उद्योगमैत्री नीतिमा सुधार गर्दै लगानीमैत्री वातावरण निर्माण गरेको उल्लेख गरे। नेपालमा गरिएको लगानीको प्रतिफल सहज रूपमा फिर्ता लैजान सकिने व्यवस्था रहेको भन्दै ढुक्क भएर लगानी गर्न उनले आग्रह गरे।

अर्थमन्त्री वाग्लेले एनआरएनए बन्ड, अफसोर बन्ड तथा वैकल्पिक वित्त परिचालनजस्ता अवधारणा प्रवासी नेपालीको लगानी विस्तारका लागि अघि सारिएको स्पष्ट पार्दै ती व्यवस्थाले देशको आर्थिक विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

उनले वर्तमान सरकार अर्थतन्त्रको पुनरुत्थान र विकासलाई प्राथमिकतामा राखेर अघि बढिरहेको उल्लेख गर्दै त्यस अभियानमा प्रवासी नेपालीको साथ, सहयोग र लगानी अपरिहार्य रहेको बताए।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit