Advertisement
Advertisement
Corporate Samachar
२७ भाद्र २०८३, शनिबार
Advertisement

स्थानीयलाई प्रिमियम मूल्यमा आईपीओ बेच्न नहुने पक्षमा इप्पान

स्थानीयलाई प्रिमियम मूल्यमा आईपीओ बेच्न नहुने पक्षमा इप्पान
विज्ञापन
Advertisement

काठमाडौं। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) जलविद्युत आयोजनाबाट प्रत्यक्ष प्रभावित स्थानीय बासिन्दालाई उपलब्ध गराइने साधारण शेयरमा प्रिमियम मूल्य लगाउन नहुने पक्षमा देखिएको छ।

विज्ञापन
Advertisement
Advertisement

केही जलविद्युत प्रवर्द्धक कम्पनीहरूले स्थानीयका लागि प्रिमियम मूल्यमा शेयर निष्काशन गर्ने विकल्पबारे छलफल गरिरहेको विषयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै इप्पानले आफ्ना सदस्य कम्पनीहरूलाई स्थानीयका लागि छुट्याइएको शेयर अंकित मूल्यमै अर्थात् प्रतिकित्ता १०० रुपैयाँमै निष्काशन गर्न भनेको हो ।

इप्पानले धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को नियम ९ को उपनियम (४) अनुसार स्थानीय प्रभावित बासिन्दालाई लाभान्वित गराउने उद्देश्यले १० प्रतिशत शेयर छुट्याउने कानुनी व्यवस्था रहेकाले सोही व्यवस्थाअनुसार अंकित मूल्यमै शेयर उपलब्ध गराउनुपर्ने जनाएको छ।

इप्पानका अध्यक्ष मोहनकुमार डाँगीद्वारा जारी विज्ञप्तिमा जलविद्युत आयोजना केवल लगानीको माध्यम मात्र नभई स्थानीय समुदायसँगको विश्वास, सहकार्य र साझेदारीमा आधारित विकासको अभियान भएको उल्लेख गरिएको छ। आयोजना निर्माणका क्रममा जग्गा उपलब्ध गराउने, वातावरणीय तथा सामाजिक प्रभाव सहने, निर्माण अवधिका असुविधा व्यहोर्ने तथा आयोजनाको सफल कार्यान्वयनमा प्रत्यक्ष सहयोग गर्ने स्थानीय समुदायलाई आयोजना स्वामित्वमा सहभागी गराउने उद्देश्यले नै स्थानीयका लागि सेयरको व्यवस्था गरिएको इप्पानको भनाइ छ।

इप्पान अध्यक्ष डाँगीले स्थानीयका लागि आरक्षित शेयर प्रिमियम मूल्यमा बिक्री गरे त्यसले समस्या निम्तिने चेतावनी दिए । उनले विज्ञप्तिमा भनेका छन्,‘यदि स्थानीयका लागि छुट्याइएको शेयर प्रिमियम मूल्यमा निष्काशन गरिए स्थानीय समुदायको पहुँच सीमित हुने, अपनत्वको भावना कमजोर हुने तथा आयोजना र समुदायबीच वर्षौंदेखि निर्माण हुँदै आएको विश्वासको सम्बन्धमा नकारात्मक असर पर्न सक्ने जोखिम रहन्छ।’

इप्पानले स्थानीयलाई अंकित मूल्यमै शेयर उपलब्ध गराउँदा उनीहरू आयोजनाका वास्तविक साझेदार बन्ने, स्वामित्व र अपनत्वको भावना बढ्ने, आयोजना निर्माण तथा सञ्चालनका क्रममा देखिने सामाजिक विवाद र अवरोध न्यून हुने तथा स्थानीय तहमा सहयोग र सहकार्य अझ सुदृढ हुने विश्वास व्यक्त गरेको छ। यसले जलविद्युत आयोजना समयमै सम्पन्न गर्न अनुकूल वातावरण सिर्जना गर्नुका साथै स्थानीय समुदायको आर्थिक सशक्तीकरण, स्थानीय विकास र सामाजिक सद्भावलाई समेत टेवा पुग्ने इप्पानको भनाइ छ।

इप्पानले नेपाल सरकार, सम्बन्धित नियामक निकाय तथा सबै प्रवर्द्धक कम्पनीलाई स्थानीय प्रभावित बासिन्दाको हित, जलविद्युत आयोजनाको दीर्घकालीन स्थायित्व तथा निजी क्षेत्र र स्थानीय समुदायबीचको सुमधुर सम्बन्धलाई प्राथमिकतामा राख्दै स्थानीयका लागि छुट्याइने शेयर प्रतिकित्ता १०० रुपैयाँमै उपलब्ध गराउने व्यवस्था कायम राख्न आग्रह गरेको छ।

साथै, साधारण शेयर निष्काशनसँग सम्बन्धित नियामकीय प्रक्रियालाई सरल, पारदर्शी र समयबद्ध बनाउन तथा शेयर निष्काशनमा भइरहेको ढिलाइ अन्त्य गरी जलविद्युत आयोजनाहरूलाई समयमै आईपीओ जारी गर्न सक्ने वातावरण बनाउन सम्बन्धित निकायको विशेष ध्यानाकर्षणसमेत गराएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit