Advertisement
Advertisement
Corporate Samachar
२९ भाद्र २०८३, सोमबार
Advertisement

अर्थमन्त्रीको सीईओहरुलाई प्रश्न: सस्तो ऋण हुँदा पनि लगानी बढेन, अहिले अर्थतन्त्रको मनोविज्ञान के छ?

अर्थमन्त्रीको सीईओहरुलाई प्रश्न: सस्तो ऋण हुँदा पनि लगानी बढेन, अहिले अर्थतन्त्रको मनोविज्ञान के छ?
विज्ञापन
Advertisement

काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको अर्थतन्त्रलाई पुनः गतिशील बनाउन, लगानी विस्तार गर्न र निजी क्षेत्रको आत्मविश्वास पुनःस्थापित गर्न सरकारले बैंकिङ क्षेत्रसँग घनिष्ठ सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

विज्ञापन
Advertisement
Advertisement

मंगलबार सिंहदरबारमा वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरूसँग भएको छलफलमा अर्थमन्त्री वाग्लेले बजेटमार्फत आर्थिक रूपान्तरणको स्पष्ट दिशा तय भइसकेको उल्लेख गर्दै अबको मुख्य प्राथमिकता त्यसको प्रभावकारी कार्यान्वयन रहेको बताए। उनले अर्थतन्त्रको वास्तविक अवस्था, बजारको मनोविज्ञान, लगानीकर्ताको सोच तथा निजी क्षेत्रको अपेक्षा सबैभन्दा नजिकबाट बैंकिङ क्षेत्रले महसुस गर्ने भएकाले बजेट कार्यान्वयन र आर्थिक गतिविधिलाई गति दिन बैंकरहरूको अनुभव र सुझाव महत्वपूर्ण हुने बताए।

अर्थमन्त्रीले वर्तमान आर्थिक अवस्थाका केही विरोधाभासपूर्ण पक्षप्रति पनि चिन्ता व्यक्त गर्दै ऐतिहासिक रूपमा कर्जाको ब्याजदर न्यून रहँदा, बैंकिङ प्रणालीमा पर्याप्त तरलता हुँदा पनि कर्जाको माग नबढ्नु र व्यवसायीहरू लगानी विस्तारमा हिच्किचाउनु गम्भीर विषय भएको धारणा राखे । उनले भने, ‘आज नेपालको अर्थतन्त्रको मनोविज्ञान वास्तवमा कस्तो छ ? व्यवसायी किन लगानी विस्तार गर्न हिच्किचाइरहेका छन्र ? ऋणको ब्याजदर ऐतिहासिक रूपमा न्यून हुँदा पनि कर्जाको माग किन बढ्न सकेको छैन? बैकिङ प्रणालीमा रहेको अधिक तरलता उत्पादन र लगानीमा किन रूपान्तरण हुन सकेको छैन? यसको समाधान मौद्रिक नीतिमा छ, वित्तीय नीतिमा छ, कि निजी क्षेत्रको आत्मविश्वासमा ? बैंकिङ प्रणालीले उत्पादनशील क्षेत्रमा कर्जा प्रवाह बढाउन के–कस्ता संरचनागत सुधार आवश्यक छन् ?’

उनले अधिक तरलता उत्पादन र लगानीमा रूपान्तरण हुन नसक्नुको कारण खोज्न आवश्यक रहेको उल्लेख गर्दै यसको समाधान मौद्रिक नीति, वित्तीय नीति, नियमन तथा निजी क्षेत्रको आत्मविश्वाससँग जोडिएको हुन सक्ने बताए। उत्पादनशील क्षेत्रमा कर्जा प्रवाह बढाउन आवश्यक संरचनागत सुधार, मौद्रिक नीति, नियमन तथा सुपरिवेक्षणमा अपनाउनुपर्ने नयाँ दृष्टिकोणबारे पनि उनले बैंकिङ क्षेत्रसँग खुला छलफलको आह्वान गरे। ‘मौद्रिक नीति, नियमन र सुपरिवेक्षणमा अब कुन नयाँ दृष्टिकोण अपनाउनुपर्छरु अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक र बैंकिङ क्षेत्रबीचको समन्वयलाई अझ प्रभावकारी कसरी बनाउन सकिन्छ?’ अर्थमन्त्रीले छलफलका क्रममा सोधे ।

अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक र बैंकिङ क्षेत्रबीचको समन्वयलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिँदै सरकारले प्राप्त सुझावहरूलाई केवल छलफलमा सीमित नराखी कार्यान्वयनयोग्य रोडम्यापमा रूपान्तरण गर्ने प्रतिबद्धता उनको छ। ‘जहाँ कानुनी सुधार आवश्यक छ, त्यहाँ कानुन संशोधन गर्नेछौं। जहाँ प्रक्रियागत समस्या छ, त्यहाँ प्रक्रिया परिवर्तन गर्नेछौं। जहाँ सरकारबाट निर्णय आवश्यक छ, त्यहाँ निर्णय लिन पछि हट्ने छैनौं,’ उनले भने।

उनले सरकार र बैंकिङ क्षेत्रबीचको सम्बन्ध केवल नियामक र नियमनमा सीमित नभई साझा राष्ट्रिय जिम्मेवारीको सम्बन्ध भएको उल्लेख गर्दै आर्थिक वृद्धि, लगानी विस्तार, रोजगारी सिर्जना र वित्तीय स्थायित्व सबैको साझा उद्देश्य भएको बताए। अर्थमन्त्री वाग्लेले अर्थतन्त्रलाई प्रतिक्रियात्मक होइन, आत्मविश्वासले भरिएको, निर्णयक्षम र भविष्यप्रति आशावादी बनाउने सरकारको लक्ष्य रहेको उल्लेख गरे। ‘म एउटा कुरा स्पष्ट भन्न चाहन्छु– सरकार र बैंकिङ क्षेत्रबीचको सम्बन्ध नियामक र नियमित निकायको मात्र होइनस साझा राष्ट्रिय जिम्मेवारीको सम्बन्ध हो,’ अर्थमन्त्रीले भने, ‘आर्थिक वृद्धि, लगानी विस्तार, रोजगारी सिर्जना र वित्तीय स्थायित्व हाम्रो साझा उद्देश्य हो। त्यसैले आजका सुझावहरू केवल छलफलमा सीमित रहने छैनन्, तिनलाई कार्यान्वयनको स्पष्ट रोडम्यापमा रूपान्तरण गर्ने हाम्रो प्रतिबद्धता छ।’

नेपाललाई उच्च आर्थिक वृद्धि र उच्च उत्पादकत्वको नयाँ चरणमा प्रवेश गराउन बैंकिङ क्षेत्रलाई आर्थिक रूपान्तरणको नेतृत्वदायी साझेदारका रूपमा अघि बढ्न उनले आग्रह गरे।

छलफलमा अर्थमन्त्रीले वाणिज्य बैंकका सीईओहरूलाई वर्तमान आर्थिक अवस्था, लगानी विस्तारका अवरोध, कर्जा प्रवाह, निजी क्षेत्रको आत्मविश्वास तथा बैंकिङ प्रणालीलाई थप प्रभावकारी बनाउने उपायबारे निष्कपट र कार्यान्वयनयोग्य सुझाव दिन आग्रह गरेको उनको निजी सचिवालयले जनाएको छ। उनले आजको संवादलाई नियमित बैठक मात्र नभई नेपालको वित्तीय प्रणालीलाई आर्थिक रूपान्तरणको नेतृत्वदायी साझेदार बनाउने साझा अभियानको महत्वपूर्ण चरणका रूपमा लिनुपर्ने धारणा व्यक्त गरे।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit