Advertisement
Advertisement
Corporate Samachar
२२ भाद्र २०८३, सोमबार
Advertisement

कालिञ्चोक दर्शनको नाफा शतप्रतिशतभन्दा बढीले बढ्यो, प्रतिशेयर आम्दानी ९.४८ रुपैयाँ

कालिञ्चोक दर्शनको नाफा शतप्रतिशतभन्दा बढीले बढ्यो, प्रतिशेयर आम्दानी ९.४८ रुपैयाँ
विज्ञापन
Advertisement

काठमाडौं । पर्यटन तथा केबलकार व्यवसायमा संलग्न कालिञ्चोक दर्शन लिमिटेडले आर्थिक वर्ष २०८२-८३ को चौथो त्रैमासिकसम्म उत्साहजनक वित्तीय नतिजा सार्वजनिक गरेको छ। कम्पनीले अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद नाफा शतप्रतिशतभन्दा बढीले वृद्धि गर्दै प्रतिशेयर आम्दानी (ईपीएस) पनि उल्लेख्य रूपमा बढाएको हो।

विज्ञापन
Advertisement
Advertisement

कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार असार मसान्तसम्म ५ करोड ९७ लाख ३२ हजार ९८९ रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष सोही अवधिमा कम्पनीको खुद नाफा २ करोड ८७ लाख १४ हजार १२ रुपैयाँ रहेको थियो। यससँगै कम्पनीको नाफा करिब १०८ प्रतिशतले वृद्धि भएको देखिएको छ।

यस अवधिमा कम्पनीको सञ्चालन आम्दानी ८ करोड ६७ लाख ३२ हजार ९७९ रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको ७ करोड ७५ लाख ८५ हजार ८८४ रुपैयाँको तुलनामा उल्लेख्य वृद्धि हो। सञ्चालन नाफा ३ करोड १३ लाख २ हजार २२९ रुपैयाँ पुगेको छ भने अन्य आम्दानी ३ करोड ६१ लाख ७७ हजार ४४० रुपैयाँ रहेको छ।

कम्पनीको नाफा बढ्नुमा वित्तीय खर्चमा आएको उल्लेख्य कमी मुख्य कारणका रूपमा देखिएको छ। समीक्षा अवधिमा कम्पनीको वित्तीय खर्च ५२ लाख ७८ हजार ४२६ रुपैयाँमा सीमित भएको छ, जबकि अघिल्लो वर्ष यही खर्च ९२ लाख ३२ हजार ७४३ रुपैयाँ थियो। बैंक ब्याज तथा अन्य वित्तीय लागत घटेकाले कम्पनीको नाफामा सकारात्मक प्रभाव परेको देखिन्छ।

वित्तीय अवस्थातर्फ हेर्दा कम्पनीको कुल सम्पत्ति ७७ करोड ४८ लाख ५१ हजार ५८० रुपैयाँ रहेको छ। अघिल्लो वर्ष कुल सम्पत्ति ८९ करोड २० लाख १४ हजार ८२९ रुपैयाँ थियो। कम्पनीको चुक्ता पुँजी ६० करोड रुपैयाँ, रिजर्भ तथा जगेडा ६ करोड ८८ लाख ९४ हजार २८७ रुपैयाँ तथा नगद तथा नगद बराबर २ करोड ७७ लाख ६७ हजार ८६५ रुपैयाँ रहेको छ।

वित्तीय सूचकांकहरू पनि सुधारको संकेत देखिएका छन्। कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) ९.४८ रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्ष ४.७७ रुपैयाँ थियो। त्यस्तै प्रतिशेयर नेटवर्थ १११.४८ रुपैयाँ, कुल सम्पत्तिमा प्रतिफल (आरओए) ७.४४ प्रतिशत, मूल्य–आम्दानी अनुपात .पी.ई) ३५.४५ गुणा तथा करेन्ट रेसियो ०.९२ रहेको छ।

पर्यटन गतिविधिमा सुधार, सञ्चालन आम्दानीको वृद्धि तथा वित्तीय खर्चमा आएको कमीका कारण कम्पनीले यस वर्ष उल्लेखनीय नाफा हासिल गरेको देखिन्छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit