Advertisement
Advertisement
Corporate Samachar
२२ भाद्र २०८३, सोमबार
Advertisement

नयाँ तलबमानपछि मुख्यसचिव र प्रधानसेनापति सबैभन्दा बढी तलब पाउने कर्मचारी (कसको कति ?)

नयाँ तलबमानपछि मुख्यसचिव र प्रधानसेनापति सबैभन्दा बढी तलब पाउने कर्मचारी (कसको कति ?)
विज्ञापन
Advertisement
sss
Download

काठमाडौं । सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत घोषणा गरेको सरकारी कर्मचारीहरूको नयाँ तलबमान तथा सेवा–सुविधा लागू गरेको छ। नयाँ व्यवस्था साउन १ गतेदेखि लागू हुने गरी अर्थ मन्त्रालयले सबै मन्त्रालय, आयोग, सचिवालय तथा कार्यालयहरूलाई परिपत्र गरेको हो ।

विज्ञापन
Advertisement
Advertisement

अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाका अनुसार मन्त्रिपरिषद्को साउन ६ गते बसेको बैठकले निजामती कर्मचारी, सुरक्षा निकाय, स्वास्थ्य सेवा, संघीय संसद् सेवा, सामुदायिक विद्यालयका शिक्षक तथा प्रदेश र स्थानीय तहका कर्मचारीका लागि नयाँ तलबमान, ग्रेड, प्राविधिक ग्रेड र मासिक प्रोत्साहन भत्तासम्बन्धी व्यवस्था स्वीकृत गरेको हो ।

नयाँ तलबमानअनुसार निजामती सेवाको सर्वोच्च पद मुख्यसचिवको कुल तलब ९० हजार ५९४ रुपैयाँ पुगेको छ । मुख्यसचिवको सुरु तलब स्केल ८४ हजार ९३२ रुपैयाँ कायम गरिएको छ भने त्यसमा दुई ग्रेडसमेत जोडिनेछ। नेपाली सेनाका प्रधान सेनापतिको तलब पनि मुख्यसचिवसरह निर्धारण गरिएको छ।

त्यस्तै विशिष्ट श्रेणीका सचिवको कुल तलब ८४ हजार ५७६ रुपैयाँ कायम भएको छ । अवकाशप्राप्त सचिवहरूले पेन्सनबापत ६६ हजार ५३९ रुपैयाँ प्राप्त गर्नेछन् । नेपाल प्रहरीका महानिरीक्षक, सशस्त्र प्रहरी महानिरीक्षक, स्वास्थ्य सेवाका बाह्रौं तहका अधिकृत तथा संघीय संसद् सेवाका सचिवको तलब पनि निजामती सेवाका सचिवसरह कायम गरिएको छ। अर्थ मन्त्रालयले नयाँ तलबमान निवृत्तिभरण प्रयोजनका लागि समेत लागू हुने जनाएको छ। नयाँ व्यवस्थाअनुसार कार्यालय सहयोगीको तलब ३८ हजार ४०९ रुपैयाँ कायम भएको छ।

सरकारले नयाँ तलब संरचनामा कर्मचारीलाई प्रोत्साहन भत्ता, महँगी भत्ता तथा ग्रेडसमेत समायोजन गरेको छ । यससँगै सबै तहका सरकारी कर्मचारीको पारिश्रमिक नयाँ आर्थिक वर्षदेखि संशोधित संरचनाअनुसार हुनेछ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit