Advertisement
Advertisement
Corporate Samachar
२९ भाद्र २०८३, सोमबार
Advertisement

सर्वोच्चले कांग्रेस विवादको पुनः सुनुवाइ गर्न अनुमति दिएपछि विश्वप्रकाशले भने– ‘विशेष महाधिवेशनको वैधानिकता थप प्रष्ट हुन्छ’

सर्वोच्चले कांग्रेस विवादको पुनः सुनुवाइ गर्न अनुमति दिएपछि विश्वप्रकाशले भने– ‘विशेष महाधिवेशनको वैधानिकता थप प्रष्ट हुन्छ’
विज्ञापन
Advertisement

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सर्वोच्च अदालतको पुनः परीक्षण (पुनरावलोकन) प्रक्रियाले विशेष महाधिवेशनको वैधानिक तथ्य र राजनीतिक सत्यलाई अझ स्पष्ट रूपमा उजागर गर्न मद्दत पुग्ने बताएका छन्।

विज्ञापन
Advertisement
Advertisement

कांग्रेसको आधिकारिकता विवादसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले पुनः सुनुवाइ गर्न अनुमति दिएपछि शर्माले सामाजिक सञ्जालमार्फत यस्तो प्रतिक्रिया दिएका हुन्।

उनले भने, ‘सम्मानित सर्वोच्च अदालतको संयुक्त इजलासले रिट खारेज गरेर टुंग्याइसकेको विषयमा पुनरवलोकनमा नगएको भए पनि लामो बहसपश्चात् न्यायिक निरुपण भइसकेकै थियो। यद्यपि, पुनः परीक्षणले विशेष महाधिवेशनको वैधानिक तथ्य र राजनीतिक सत्यलाई थप फराकिलो ढंगले उजागर गर्न पक्कै मद्दत पुर्‍याउनेछ।’

शर्माले विशेष महाधिवेशनसँग सम्बन्धित सम्पूर्ण तथ्य संयम र परिपक्वताका साथ न्यायालयसमक्ष पुनः प्रस्तुत गर्न आफूहरू स्पष्ट, खुला र तत्पर रहेको पनि बताएका छन्।

यसअघि सर्वोच्च अदालतले नेपाली कांग्रेसको विशेष महाधिवेशनसम्बन्धी विवादमा पुनः सुनुवाइ गर्न अनुमति दिएको छ। कांग्रेसका असन्तुष्ट समूहले अघिल्लो फैसला पुनरावलोकन हुनुपर्ने मागसहित दिएको निवेदनमा प्रधानन्यायाधीश डा. मनोज शर्मा तथा न्यायाधीश नित्यानन्द पाण्डेय र श्रीकान्त पौडेलको इजलासले निस्सा हुने आदेश दिएको हो।

फैसला सदर भए विशेष महाधिवेशनबाट बनेको नेतृत्वले निरन्तर वैधानिकता पाउनेछ भने फैसला उल्टिए कांग्रेसको असन्तुष्ट समूहको दाबी स्थापित हुने र विशेष महाधिवेशनको वैधानिकतामा असर पर्नेछ।

यसअघि वैशाख ४ गते न्यायाधीश शारंगा सुवेदी र नृपध्वज निरौलाको इजलासले विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाको कार्यसमितिलाई मान्यता दिएको थियो भने देउवा पक्षको रिट खारेज गरेको थियो।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit