काठमाडौं । नेपाल नर्सिङ काउन्सिलले नयाँ नेतृत्व पाएको छ। सरकारले काउन्सिलको अध्यक्षमा सकुन्तला प्रजापति, उपाध्यक्षमा बिमला कुमारी साह र रजिस्ट्रारमा पार्वती विष्टलाई नियुक्त गरेको छ।
नवनियुक्त अध्यक्ष, उपाध्यक्ष र रजिस्ट्रारले बिहीबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

शपथ ग्रहणसँगै उनीहरूले नेपाल नर्सिङ काउन्सिलको जिम्मेवारी औपचारिक रूपमा सम्हालेका छन्। नयाँ नेतृत्वले काउन्सिलको संस्थागत सुधार, नर्सिङ पेशाको गुणस्तर अभिवृद्धि तथा नियमन प्रणालीलाई थप प्रभावकारी बनाउन भूमिका खेल्ने अपेक्षा सरकारको छ।
नेपाल नर्सिङ काउन्सिल स्वास्थ्य क्षेत्रमा कार्यरत नर्सिङ जनशक्तिको दर्ता, नियमन तथा पेशागत मापदण्ड कायम गर्ने प्रमुख निकाय हो।















प्रतिक्रिया दिनुहोस्