Advertisement
Advertisement
Corporate Samachar
२९ भाद्र २०८३, सोमबार
Advertisement

विश्वविद्यालय अनुदान आयोगको नवनियुक्त अध्यक्ष केसी र सचिव श्रेष्ठले सम्हाले जिम्मेवारी

विश्वविद्यालय अनुदान आयोगको नवनियुक्त अध्यक्ष केसी र सचिव श्रेष्ठले सम्हाले जिम्मेवारी
विज्ञापन
Advertisement

काठमाडौं। विश्वविद्यालय अनुदान आयोगका नवनियुक्त अध्यक्ष प्रा. डा. खड्गबहादुर केसी र सचिव प्रा.डा. रोजी श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बिहीबार शिक्षा तथा खेलकुद मन्त्रालयमा आयोजित कार्यक्रममा अध्यक्ष केसी र सचिव श्रेष्ठलाई शपथ गराएका हुन् । त्यसपछि मन्त्री पोखरेलको उपस्थितिमा अध्यक्ष केसीले सचिव श्रेष्ठलाई शपथ गराएका थिए ।

शपथग्रहण कार्यक्रममा मन्त्री पोखरेलले उच्च शिक्षाको गुणस्तर अभिवृद्धि, विश्वविद्यालय सुधार तथा संस्थागत पुनःसंरचनालाई प्राथमिकतामा राखेर काम गर्न आग्रह गरे। विश्वविद्यालय सुधारका लागि आवश्यक नीतिगत तथा प्रशासनिक सहजीकरण गर्न मन्त्रालय प्रतिबद्ध रहेको उनले बताए ।नवनियुक्त अध्यक्ष केसीले विश्वविद्यालयको नीतिगत तथा संरचनागत सुधारलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे । सचिव श्रेष्ठले पनि आयोगलाई थप प्रभावकारी बनाउँदै उच्च शिक्षा सुधारका क्षेत्रमा जिम्मेवारीपूर्वक काम गर्ने बताइन् ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा प्रा.डा. खड्गबहादुर केसी र सचिवमा प्रा। डा। रोजी श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको थियो ।

केसी त्रिभुवन विश्वविद्यालयका निवर्तमान शिक्षाध्यक्ष (रेक्टर) हुन् । तत्कालीन उपकुलपति प्रा.डा. केसरजंग बरालले राजीनामा दिएपछि उनले केही समय कार्यवाहक उपकुलपतिको जिम्मेवारीसमेत सम्हालेका थिए। अन्तर्राष्ट्रिय सम्बन्ध, भूराजनीति तथा नेपालको परराष्ट्र नीतिका विज्ञका रूपमा परिचित केसीले त्रिभुवन विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सम्बन्ध विषयमा विद्यावारिधि (पीएचडी) गरेका छन् । उनी तीन दशकभन्दा बढी समयदेखि अध्यापन, अनुसन्धान र शैक्षिक नेतृत्वमा सक्रिय छन् ।

आयोगकी नवनियुक्त सचिव प्रा.डा. रोजी श्रेष्ठ नेपालमा नर्सिङ विषयमा विद्यावारिधि (पीएचडी) गर्ने पहिलो नेपाली हुन्। उनले त्रिभुवन विश्वविद्यालयको चिकित्सा शास्त्र अध्ययन संस्थानबाट नर्सिङमा विद्यावारिधि हासिल गरेकी छन्। नर्सिङ अनुसन्धानमा योगदान पुर्‍याएबापत उनी ‘नेपाल विद्या भूषण’ पदकबाट सम्मानित भएकी थिइन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit