Advertisement
Advertisement
Corporate Samachar
२९ भाद्र २०८३, सोमबार
Advertisement

रिलायबल समृद्धि योजना–२ का इकाइ नेप्सेमा सूचीकृत, साउन २५ देखि कारोबार खुल्ने

रिलायबल समृद्धि योजना–२ का इकाइ नेप्सेमा सूचीकृत, साउन २५ देखि कारोबार खुल्ने
विज्ञापन
Advertisement

काठमाडौं। रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको कोष प्रवद्र्धकत्व तथा रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल लिमिटेडको योजना व्यवस्थापन र डिपोजिटरी रहेको रिलायबल सामूहिक लगानीकोष अन्तर्गत सञ्चालित रिलायबल समृद्धि योजना–२ का इकाइहरू नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएका छन्।

विज्ञापन
Advertisement
Advertisement

उक्त योजनाका इकाइहरू २०८३ साल साउन २२ गते (आज) नेप्सेमा सूचीकृत भएका हुन्।दोस्रो बजारमा भने यी इकाइहरूको कारोबार २०८३ साल साउन २५ गतेदेखि सुरु हुने जनाइएको छ। नेपाल धितोपत्र बोर्डबाट २०८३ साल वैशाख ३ गते सार्वजनिक निष्कासनको स्वीकृति प्राप्त गरेको यस योजनाको इकाइ बाँडफाँट २०८३ साल असार ४ गते सम्पन्न भएको थियो।

रिलायबल समृद्धि योजना–२ एक बन्दमुखी सामूहिक लगानी कोष हो। यस योजनामा कुल १२ करोड ५० लाख इकाइ रहेको छ। प्रति इकाइ अंकित मूल्य १० रुपैयाँ रहेको योजनाको कुल कोष आकार १ अर्ब २५ करोड रुपैयाँ रहेको छ। योजनाको अवधि १० वर्ष तोकिएको छ।

रिलायबल समृद्धि योजना–२ ले व्यावसायिक कोष व्यवस्थापनमार्फत लगानीकर्तालाई दीर्घकालीन पुँजी वृद्धि तथा सन्तुलित प्रतिफल उपलब्ध गराउने लक्ष्य राखेको कम्पनीले जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit