Advertisement
Advertisement
Corporate Samachar
२९ भाद्र २०८३, सोमबार
Advertisement

छात्रवृत्ति पाएका विद्यार्थीसँग पनि शुल्क असुलेपछि….

छात्रवृत्ति पाएका विद्यार्थीसँग पनि शुल्क असुलेपछि….
विज्ञापन
Advertisement

जनकपुर । जनकपुरधाम उपमहानगरपालिकाले छात्रवृत्तिमा अध्ययनरत विद्यार्थीबाट तोकिएको सीमाभन्दा बढी शुल्क लिने निजी विद्यालयमाथि कारबाही गर्ने चेतावनी दिएको छ। उपमहानगरले अतिरिक्त शुल्क असुलिसकेका विद्यालयलाई सम्बन्धित विद्यार्थीलाई रकम फिर्ता गर्नसमेत निर्देशन दिएको छ।

विज्ञापन
Advertisement
Advertisement

शुक्रबार उपमहानगरपालिकाको शिक्षा समितिले संस्थागत (निजी) विद्यालयका प्रतिनिधिसँग छलफल गर्दै छात्रवृत्ति प्राप्त विद्यार्थीसँग सरकारले तोकेको सीमाभन्दा बढी शुल्क कुनै पनि शीर्षकमा नलिन कडा निर्देशन दिएको हो। विद्यार्थीबाट गुनासो आएपछि उपमहानगरले यो कदम चालेको जनाएको छ।

समितिका अनुसार छात्रवृत्तिमा अध्ययनरत विद्यार्थीबाट कक्षा १ देखि ५ सम्म अधिकतम ७ हजार रुपैयाँ, कक्षा ६ देखि ८ सम्म ९ हजार रुपैयाँ र कक्षा ९ देखि १० सम्म अधिकतम १० हजार रुपैयाँ मात्र शुल्क लिन पाइनेछ।

उपमहानगरले तोकिएको सीमाभन्दा बढी शुल्क असुलेको पाइए जरिवानासहित थप कानुनी कारबाही गरिने चेतावनी दिएको छ। साथै, यसअघि बढी शुल्क लिइसकेका विद्यालयले अतिरिक्त रकम सम्बन्धित विद्यार्थीलाई अनिवार्य रूपमा फिर्ता गर्नुपर्ने निर्णयसमेत गरिएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit