Advertisement
Advertisement
Corporate Samachar
२२ भाद्र २०८३, सोमबार
Advertisement

आईपीओअघि कैलाश हेलिकप्टरको आम्दानीमा धक्का, नाफा मार्जिन पनि घट्यो

आईपीओअघि कैलाश हेलिकप्टरको आम्दानीमा धक्का, नाफा मार्जिन पनि घट्यो
विज्ञापन
Advertisement

काठमाडौं । प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) ल्याउने तयारीमा रहेको कैलाश हेलिकप्टर सर्भिस लिमिटेडको चालु आर्थिक वर्षको पहिलो नौ महिनामा आम्दानीमा उल्लेख्य गिरावट आएको छ ।

विज्ञापन
Advertisement
Advertisement

कम्पनीको सञ्चालन आम्दानी गत आवको सोही अवधिको तुलनामा करिब २६ प्रतिशतले घटेर ३९ करोड ४० लाख रुपैयाँमा सीमित भएको छ । कम्पनीको क्रेडिट रेटिङ पुनरावलोकन गर्दै इक्रा नेपालले कम्पनीलाई पुनःट्रिपल बी रेटिङ प्रदान गरेको छ । यससँगै कम्पनीमाथि लगाइएको ‘वाच विथ डेभलपिङ इम्प्लिकेसन’ श्रेणी पनि हटाइएको छ ।

इक्राका अनुसार सन् २०२५ सेप्टेम्बरमा भएको आन्दोलन तथा अशान्तिले पर्यटन क्षेत्रमा प्रभाव पारे पनि त्यसको वित्तीय असर कम्पनीको समग्र साखमा सीमित रहेको देखिएको हो। इक्राले कम्पनीको ऋणरहित (डेब्ट–फ्री) पुँजी संरचना, सुदृढ तरलता अवस्था तथा प्रस्तावित आईपीओबाट पुँजी आधार थप बलियो हुने अपेक्षालाई रेटिङको प्रमुख आधार मानेको छ। यद्यपि आन्दोलनपछि उडान घण्टा घट्नुका साथै प्रति उडान घण्टा आम्दानीमा कमी आउँदा कम्पनीको सञ्चालन नाफा मार्जिन (ओपीएम) पनि दबाबमा परेको छ। सन् २०२५ मा ४२ प्रतिशत रहेको सञ्चालन नाफा मार्जिन चालु आवको पहिलो नौ महिनामा घटेर ३५ प्रतिशतमा झरेको छ ।

वार्षिक कारोबारका आधारमा हेर्दा कम्पनीले सन् २०२५ मा ८१ करोड ७० लाख रुपैयाँ आम्दानी गरेको थियो। सन् २०२४ मा ७९ करोड ४० लाख रुपैयाँ, सन् २०२३ मा ७० करोड २० लाख रुपैयाँ र सन् २०२२ मा ४० करोड ४० लाख रुपैयाँ आम्दानी गरेको थियो। पछिल्ला वर्षहरूमा कारोबार विस्तार भए पनि हालको गिरावटले कम्पनीको सञ्चालनमा चुनौती थपिएको देखिन्छ । सन् २०१७ मा स्थापना भई २०२३ मा पब्लिक कम्पनीमा रूपान्तरण भएको केएचएसएल हाल नेपालका अग्रणी रोटर–विङ (हेलिकप्टर) सेवा प्रदायकमध्ये एक हो। कम्पनीसँग हाल तीनवटा एयरबस हेलिकप्टर सञ्चालनमा छन् । चार्टर्ड उडान, उद्धार (रेस्क्यु), स्लिङ अपरेशन, एडभेन्चर टुर र कार्गो सेवा यसको मुख्य व्यवसाय हो ।

कम्पनीको आम्दानी संरचनामा एडभेन्चर पर्यटनको हिस्सा करिब ५० प्रतिशत छ। त्यसमा एभरेष्ट बेस क्याम्प उडानबाट मात्रै ४८ प्रतिशत र अन्नपूर्ण बेस क्याम्पबाट २ प्रतिशत आम्दानी हुने गरेको छ । रेस्क्यु अपरेशनबाट करिब ३० प्रतिशत तथा कार्गो सेवाबाट २० प्रतिशत आम्दानी प्राप्त हुने गरेको कम्पनीले जनाएको छ । इक्राका अनुसार सन् २०२५ मा कम्पनीले गरेको कुल आम्दानीको करिब ५८ प्रतिशत हिस्सा शीर्ष १० ग्राहकबाट आएको थियो। यसले कम्पनीको आम्दानी केही सीमित गन्तव्य र ग्राहकमा केन्द्रित रहेको देखाउँछ ।

पर्यटन, उद्धार तथा कार्गो सेवामा निर्भरता बढी भएकाले सामाजिक अशान्ति, मौसम प्रतिकूलता वा यात्रा प्रतिबन्धजस्ता बा ह्य कारणले आम्दानीमा असर पार्न सक्ने जोखिम पनि रहेको इक्राले उल्लेख गरेको छ । इन्धन (एभिएसन टर्बाइन फ्युल) को मूल्यवृद्धि, विदेशी मुद्राको उतारचढाव तथा हेलिकप्टर पार्टपुर्जाको मर्मत–सम्भार खर्च पनि कम्पनीको नाफामा असर पार्ने प्रमुख जोखिमका रूपमा औंल्याइएको छ । नेपालको दुर्गम भौगोलिक अवस्था, मौसमजन्य चुनौती तथा दक्ष जनशक्तिको सीमित उपलब्धताले पनि सञ्चालन जोखिम बढाउने इक्राले जनाएको छ।

तर, कम्पनीको वित्तीय अवस्था भने बलियो रहेको छ। मध्य–अप्रिल २०२६ सम्म कम्पनी पूर्ण रूपमा ऋणमुक्त रहेको, कार्यशील पुँजीको आवश्यकता नियन्त्रणमा रहेको तथा ८ करोड १० लाख रुपैयाँ बराबरको कार्यशील पुँजी कर्जा सुविधा अझै प्रयोग नभएकाले निकट भविष्यको तरलता जोखिम न्यून रहेको इक्राले जनाएको छ।

हाल कम्पनीको चुक्ता पुँजी ३४ करोड ७० लाख रुपैयाँ रहेको छ । सात जना संस्थापक लगानीकर्ता रहेको कम्पनीमा अध्यक्ष र प्रबन्ध निर्देशकको संयुक्त स्वामित्व करिब ४० प्रतिशत छ। कम्पनीले प्रस्तावित आईपीओमार्फत थप पुाजी संकलन गरी व्यवसाय विस्तार गर्ने योजना अघि बढाएको छ। इक्राका अनुसार आगामी दिनमा कम्पनीले आफ्नो सञ्चालन आम्दानी र नाफाको स्तर पुनः वृद्धि गर्न सक्ने क्षमता तथा आईपीओमार्फत समयमै पुाजी जुटाउने क्षमता नै रेटिङको मुख्य निगरानी बिन्दु रहनेछ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit