Advertisement
Advertisement
Corporate Samachar
२२ भाद्र २०८३, सोमबार
Advertisement

दुर्गममा स्वास्थ्यकर्मी पठाउनै मुस्किल, कार्यस्थलमै असुरक्षित हुनु चिन्ताजनक: पौडेल

दुर्गममा स्वास्थ्यकर्मी पठाउनै मुस्किल, कार्यस्थलमै असुरक्षित हुनु चिन्ताजनक: पौडेल
विज्ञापन
Advertisement

काठमाडौं। कालीकोटको पलाँता अस्पतालमा प्रवेश गरी चिकित्सक तथा नर्समाथि दुर्व्यवहार गर्नुका साथै अस्पतालका सामान तोडफोड गरेको घटनाप्रति नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले आपत्ति जनाएका छन्।

विज्ञापन
Advertisement
Advertisement

उनले अस्पतालभित्रै प्रवेश गरी स्वास्थ्यकर्मीमाथि आक्रमण तथा दुर्व्यवहार हुनु गम्भीर र निन्दनीय भएको बताएका छन् ।‘कालीकोटको पलाँता अस्पतालमा स्वास्थ्यकर्मीमाथि भएको शृङ्खलाबद्ध आक्रमण र दुव्र्यवहार घोर निन्दनीय छ,’ उनले भनेका छन्, ‘एकातिर दुर्गम क्षेत्रमा स्वास्थ्यकर्मी पठाउनै मुस्किल छ, अर्कोतिर ज्यान हत्केलामा राखेर दूरदराजमा नागरिक सेवामा खटिएका चिकित्सक तथा नर्स लगायतका स्वास्थ्यकर्मीहरू आफ्नै कार्यस्थलमा असुरक्षित हुनु अत्यन्तै दुखद र चिन्ताजनक छ ।’

शनिबार सामाजिक सञ्जालमार्फत पौडेलले दुर्गम क्षेत्रमा स्वास्थ्यकर्मी पठाउन कठिन भइरहेको अवस्थामा नागरिकको सेवामा खटिएका चिकित्सक, नर्सलगायत स्वास्थ्यकर्मी आफ्नै कार्यस्थलमा असुरक्षित हुनु दुःखद र चिन्ताजनक विषय भएको उल्लेख गरेका छन् । उनले घटनाको तत्काल सम्पूर्ण छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही गर्न सरकारसँग माग गरेका छन्। साथै स्वास्थ्यकर्मीलाई भयरहित वातावरणमा काम गर्ने अवस्था सुनिश्चित गर्न शान्ति–सुरक्षाको व्यवस्थापनमा थप गम्भीरता र संवेदनशीलता देखाउन सरकारलाई आग्रह गरेका छन्।

यद्यपी उक्त घटना आरोपमा तीन जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कालीकोटका अनुसार शुक्रबार अनधिकृत रूपमा अस्पताल परिसरमा प्रवेश गरी स्वास्थ्यकर्मीमाथि अभद्र व्यवहार र अस्पतालका सामानमा तोडफोड गरेको आरोपमा तीन जनालाई नियन्त्रणमा लिइएको हो । जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी सुरेश खत्रीले घटनामा संलग्न तीन जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको जानकारी दिए । पक्राउ पर्नेहरुको व्यक्तिगत विवरण भने प्रहरीले खुलाएको छैन।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit