Advertisement
Advertisement
Corporate Samachar
२२ भाद्र २०८३, सोमबार
Advertisement

नापनक्सा भएको ३८ वर्षपछि डडेल्धुराका १२ परिवारले पाए लालपुर्जा

नापनक्सा भएको ३८ वर्षपछि डडेल्धुराका १२ परिवारले पाए लालपुर्जा
विज्ञापन
Advertisement

काठमाडौं। सुकुम्बासी समस्या समाधान आयोगले नापनक्सा गरेको ३८ वर्षपछि डडेल्धुराको परशुराम नगरपालिका–१२ का १२ परिवारले जग्गाधनी दर्ता प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्।

विज्ञापन
Advertisement
Advertisement

साविक जोगबुढा गाविस–१ मा २०४५ सालमै सुकुम्बासी समस्या समाधान आयोगले नापनक्सा गरेको भए पनि त्यसपछिको प्रक्रिया अघि बढ्न नसक्दा स्थानीयवासी लामो समयसम्म जग्गाको स्वामित्वसम्बन्धी प्रमाणपत्रबाट वञ्चित भएका थिए। त्यसपछि २०५५ साल पुस २६ गते पुनः सुकुम्बासी समस्या समाधान आयोगले प्रक्रिया अघि बढाएको थियो। तर, विभिन्न कारणले पुर्जा वितरणको काम पूरा हुन सकेन। विगतका आयोगबाट सुरु भएको प्रक्रिया अधुरै रहँदा खजुरानी र तुलाभाडी गाउँका स्थानीय दशकौँदेखि लालपुर्जाको पर्खाइमा थिए।

हालको समितिको कार्यविधि तथा प्रचलित कानुनअनुसार विगतमा सुरु भएर अधुरा रहेका कामलाई निरन्तरता दिँदै प्रक्रिया अघि बढाइएको भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । सोही क्रममा आवश्यक राजस्व संकलन गरी विगतमा आयोगबाट नापनक्सा भइसकेका जग्गाको प्रक्रिया पूरा गरिएको बताइएको छ।

प्रक्रिया पूरा भएपछि परशुराम नगरपालिका–१२ का १२ परिवारलाई जग्गाधनी दर्ता प्रमाणपुर्जा वितरण गरिएको हो। ३८ वर्षअघि नापनक्सा भएर पनि जग्गाको कानुनी स्वामित्वको प्रमाण प्राप्त गर्न नसकेका स्थानीयले लामो प्रतीक्षापछि लालपुर्जा पाएसँगै आफूहरू खुसी भएको बताएका छन्।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit