Advertisement
Advertisement
Corporate Samachar
२२ भाद्र २०८३, सोमबार
Advertisement

नाइमा अटो एक्स्पोमा डोङफेङका दुईवटा विद्युतीय बस सार्वजनिक हुने

नाइमा अटो एक्स्पोमा डोङफेङका दुईवटा विद्युतीय बस सार्वजनिक हुने
विज्ञापन
Advertisement

काठमाडौं। हिमालयन अर्गनाइजेसनअन्तर्गतको आयाम इन्टरकन्टिनेन्टलले चीनको प्रतिष्ठित सवारीसाधन निर्माता कम्पनी डोङफेङद्वारा उत्पादित बसहरू काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने नाइमा अटो एक्स्पोमा सार्वजनिक गर्ने भएको छ।

विज्ञापन
Advertisement
Advertisement

कम्पनीका अनुसार आगामी भदौ २६ गतेदेखि आयोजना हुने प्रदर्शनीमा डोङफेङका दुईवटा बसका मोडल सार्वजनिक गरिनेछ। एक्स्पोमा ७.२ मिटर लम्बाइका २६ देखि ३० सिट क्षमताका बस प्रदर्शन गरिने कम्पनीले जनाएको छ।

नेपाल सरकारले ठूला विद्युतीय बसलाई प्राथमिकता दिन थालेको तथा नेपाली बजारमा ठूला क्षमताका विद्युतीय बसको माग बढ्दै गएको अवस्थालाई ध्यानमा राखेर डोङफेङका बस नेपाल ल्याइएको कम्पनीको भनाइ छ। कम्पनीले निकट भविष्यमा ३८ र ५२ सिट क्षमताका ९ मिटर र १२ मिटर लम्बाइका बससमेत नेपाल ल्याउने तयारी गरेको जनाएको छ।

प्रदर्शनीमा सार्वजनिक हुने बसको मूल्य तथा अन्य प्राविधिक विवरण भने नाइमा अटो एक्स्पोमै सार्वजनिक गरिनेछ। कम्पनीले नेपालमा उपलब्ध अन्य ब्रान्डका समान क्षमताका बसको तुलनामा प्रतिस्पर्धी तथा कम मूल्यमा डोङफेङका बस उपलब्ध गराउने जनाएको छ। यसले बजारमा नयाँ विकल्प थपिने अपेक्षा गरिएको छ। त्यस्तै, एक्स्पोमा बुकिङ गर्ने ग्राहकका लागि विशेष छुटको योजना समेत ल्याउने कम्पनीले जानकारी दिएको छ।

डोङफेङ सन् १९६९ मा स्थापना भएको चीनको प्रमुख सवारीसाधन निर्माता कम्पनी हो। कम्पनीले यात्रुवाहक सवारीसाधन, व्यावसायिक सवारीसाधन, बस, ट्रक, विद्युतीय सवारीसाधन तथा विभिन्न अटोमोबाइलका पार्टपुर्जा उत्पादन गर्दै आएको छ। पाँच दशकभन्दा लामो अनुभव रहेको डोङफेङका सवारीसाधन विश्वका १०० भन्दा बढी देशमा निर्यात हुँदै आएको कम्पनीले जनाएको छ।

नेपालमा समेत डोङफेङ ब्रान्डका ट्रक, कार तथा माइक्रोबस यसअघि नै बिक्री हुँदै आएका छन्। हिमालयन अर्गनाइजेसनअन्तर्गतका कम्पनीहरूले यसअघि भारतको फोर्स मोटर्स तथा चीनको एसएआईसी समूहअन्तर्गतको म्याक्ससका सवारीसाधनको नेपालका लागि आधिकारिक विक्रेताका रूपमा काम गर्दै आएका छन्।

डोङफेङका बसको बिक्रीपछिको सेवा तथा स्पेयर पार्ट्स अर्थात् आवश्यक पार्टपुर्जाको उपलब्धता हिमालयन अर्गनाइजेसनअन्तर्गतका विभिन्न कम्पनीका नेपालभर रहेका शाखा तथा डिलरमार्फत उपलब्ध गराइने कम्पनीले जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit