Advertisement
Advertisement
Corporate Samachar
२९ भाद्र २०८३, सोमबार
Advertisement

९६ प्रतिशत सकियो धान रोपाइँ: सुदूरपश्चिममा शतप्रतिशत, अरु प्रदेशमा कति ?

९६ प्रतिशत सकियो धान रोपाइँ: सुदूरपश्चिममा शतप्रतिशत, अरु प्रदेशमा कति ?
विज्ञापन
Advertisement

काठमाडौं। चालु आर्थिक वर्ष २०८३/८४ मा देशभर हालसम्म धान रोपाइँ ९६ प्रतिशत पुगेको छ।

विज्ञापन
Advertisement
Advertisement

कृषि विभागको तथ्यांकअनुसार साउन २२ गतेसम्म देशभर १३ लाख ७० हजार ६२ हेक्टर धान खेतीयोग्य क्षेत्रफलमध्ये १३ लाख १६ हजार ३९ हेक्टर क्षेत्रमा रोपाइँ सम्पन्न भएको छ, जुन कुल लक्ष्यको ९६.०६ प्रतिशत हो। गत वर्षको सोही अवधिमा भने देशभर ९१.३१ प्रतिशत मात्रै धान रोपाइँ भएको थियो। त्यसबेला १३ लाख ७८ हजार ९६७ हेक्टर धान खेतीयोग्य क्षेत्रफलमध्ये करिब १२ लाख ५७ हजार हेक्टरमा रोपाइँ सम्पन्न भएको थियो ।

प्रदेशगत रूपमा हेर्दा सुदूरपश्चिम प्रदेशमा धान रोपाइँ शतप्रतिशत सम्पन्न भएको छ। यो प्रदेशमा १ लाख ५४ हजार ९५० हेक्टर क्षेत्रफलमा पूर्ण रूपमा रोपाइँ सकिएको छ। त्यसपछि लुम्बिनी प्रदेशमा ९७.३७ प्रतिशत, कर्णाली प्रदेशमा ९६.८२ प्रतिशत, बागमतीमा ९७.८२ प्रतिशत, गण्डकी प्रदेशमा ९५.५७ प्रतिशत, मधेश प्रदेशमा ९४.६५ प्रतिशत तथा कोशी प्रदेशमा ९३.६९ प्रतिशत रोपाइँ सम्पन्न भएको छ ।

समयमै मनसुन सक्रिय हुनु, पर्याप्त वर्षा हुनु तथा किसानले रोपाइँका लागि अनुकूल वातावरण पाएकाले यस वर्ष धान रोपाइँको प्रगति उत्साहजनक देखिएको कृषि मन्त्रालयका अधिकारीहरू बताउँछन् । धान नेपालको प्रमुख खाद्यान्न बाली हो । कुल कृषि उत्पादन र खाद्य सुरक्षासँग प्रत्यक्ष सम्बन्धित भएकाले रोपाइँको प्रगतिलाई कृषि क्षेत्रको महत्वपूर्ण सूचकका रूपमा हेरिन्छ । यस वर्ष रोपाइँको गति गत वर्षको तुलनामा उल्लेखनीय रूपमा सुधारिएको देखिएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit