Advertisement
Advertisement
Corporate Samachar
२२ आश्विन २०८३, बिहीबार
Advertisement
Advertisement

६.२० लाखमै २५० सीसी एड्भेन्चर बाइक मोर्बिडेली टी२५०एक्स सार्वजनिक, फिचर कस्ता?

६.२० लाखमै २५० सीसी एड्भेन्चर बाइक मोर्बिडेली टी२५०एक्स सार्वजनिक, फिचर कस्ता?
विज्ञापन
Advertisement

काठमाडौं । इटालियन प्रिमियम मोटरसाइकल ब्राण्ड मोर्बिडेलीले नेपाली बजारमा नयाँ एड्भेन्चर मोटरसाइकल टी२५०एक्स सार्वजनिक गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

नेपालका लागि आधिकारिक बिक्रेता वैद्यज अर्गनाइजेशनले काठमाडौंको भृकुटीमण्डपमा जारी नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को उद्घाटन अवसर पारेर नयाँ मोटरसाइकल सार्वजनिक गरेको हो। कम्पनीले मोर्बिडेली टी२५०एक्सको मूल्य ६ लाख २० हजार रुपैयाँ निर्धारण गरेको जनाएको छ। यो मोर्बिडेलीको नेपाली बजारमा उपलब्ध एड्भेन्चर मोटरसाइकलमध्ये प्रवेश तहको मोडलका रूपमा आएको हो।

टी२५०एक्सलाई कम्पनीले दैनिक सडक प्रयोगसँगै लामो दूरीको यात्रा तथा हल्का अफरोड यात्रालाई लक्षित गरी ल्याएको हो। मोर्बिडेलीको एड्भेन्चर लाइनअपमा यसअघि टी३५२एक्स, टी५०२एक्स र टी१००२भीएक्सजस्ता मोडलहरू बिक्री हुँदै आएका छन्। मोटरसाइकलमा २४९.४ सीसी, सिंगल–सिलिन्डर, ४–भल्भ, SOHC एयर–कुल्ड इन्जिन जडान गरिएको छ। यसले ७ हजार ५०० आरपीएममा २२.४ हर्सपावर र ६ हजार आरपीएममा २२.३ एनएम टर्क उत्पादन गर्छ। इन्जिनमा इलेक्ट्रोनिक फ्युल इन्जेक्सन (EFI) प्रविधि प्रयोग गरिएको छ। यसमा ६–स्पिड गियरबक्स दिइएको छ।

टी२५०एक्समा ४१ एमएमको अपसाइड–डाउन (USD) फ्रन्ट फोर्क दिइएको छ, जसको ट्राभल १७७ एमएम रहेको छ। पछाडि प्रिलोड एड्जस्ट गर्न मिल्ने मोनोशक दिइएको छ, जसको ट्राभल ५५ एमएम छ। यस्तो सस्पेन्सन सेटअपले खराब तथा उबडखाबड सडकमा पनि मोटरसाइकलको नियन्त्रण र स्थिरता सुधार गर्ने उद्देश्य राख्छ। मोटरसाइकलमा १९ इन्च अगाडि र १७ इन्च पछाडि स्पोक ह्वील तथा डुअल–पर्पस टायर प्रयोग गरिएको छ। ब्रेकिङतर्फ अगाडि २६५ एमएम र पछाडि २२० एमएमका डिस्क ब्रेक रहेका छन्।

यसको ग्राउण्ड क्लियरेन्स २२० एमएम र सिट हाइट ८२० एमएम रहेको छ। मोटरसाइकलको कर्ब वेट १५४ केजी तथा फ्युल ट्यांक क्षमता ११.७ लिटर रहेको छ। कम्पनीका अनुसार यसको अधिकतम गति करिब ११५ किलोमिटर प्रतिघण्टा रहेको छ। फिचरतर्फ टी२५०एक्समा फुल–एलईडी लाइटिङ, एक्स–स्ट्याक डिजाइनको एलईडी हेडलाइट, भर्टिकल एलसीडी ड्यासबोर्ड, गियर इन्डिकेटर, यूएसबी चार्जिङ पोर्ट, ब्याकलिट ह्यान्डलबार कन्ट्रोल र ह्यान्डगार्ड उपलब्ध छन्। एलसीडी डिस्प्लेमा गति, गियर र फ्युल लेभललगायतका जानकारी देख्न सकिन्छ।

र्‍याली शैलीबाट प्रेरित डिजाइन, अग्लो ग्राउण्ड क्लियरेन्स, स्पोक ह्वील र डुअल–पर्पस टायरका कारण टी२५०एक्सलाई सडक तथा एड्भेन्चर राइडिङ दुवैका लागि लक्षित गरिएको छ।
बैद्यज अर्गनाइजेशनका अनुसार नयाँ मोटरसाइकलले किफायती मूल्यमा एड्भेन्चर मोटरसाइकल खोजिरहेका ग्राहकलाई लक्षित गरेको छ। टी२५०एक्समार्फत नेपाली बजारमा मोर्बिडेलीको एड्भेन्चर सेग्मेन्टलाई थप फराकिलो बनाउँदै युवा तथा एड्भेन्चर राइडरमाझ ब्राण्डको पहुँच विस्तार गर्ने कम्पनीको लक्ष्य छ।

मोर्बिडेलीको आधिकारिक अन्तर्राष्ट्रिय स्पेसिफिकेसनअनुसार टी२५०एक्सको २०२६ संस्करणमा EFI इन्जिनसहितको सेटअप उल्लेख छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit