Advertisement
Advertisement
Corporate Samachar
२९ भाद्र २०८३, सोमबार
Advertisement

राष्ट्रिय गौरवका आयोजनाको अनुगमनका लागि विभागले बनायो विशेष संयन्त्र

राष्ट्रिय गौरवका आयोजनाको अनुगमनका लागि विभागले बनायो विशेष संयन्त्र
विज्ञापन
Advertisement

काठमाडौं । राष्ट्रिय गौरवका आयोजना तथा विभागअन्तर्गत सञ्चालित अन्य आयोजनाको भौतिक र आर्थिक प्रगतिको प्रभावकारी अनुगमन गर्न जलस्रोत तथा सिँचाइ विभागले विशेष संयन्त्र निर्माण गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

लामो समयदेखि सञ्चालनमा रहेका राष्ट्रिय गौरवका आयोजनाले लक्षित प्रगति हासिल गर्न नसकेको, निर्धारित समयसीमा नाघेको तथा निर्माणका क्रममा देखिएका समस्या समयमै समाधान हुन नसकेको अवस्थालाई सम्बोधन गर्न विभागले नतिजामुखी अनुगमन प्रणाली विकास गर्न लागेको हो ।

नयाँ संयन्त्रमार्फत आयोजनाको स्थलगत प्रगति, भौतिक तथा आर्थिक अवस्था, निर्माण समयतालिका, प्रमुख समस्या तथा समाधानका लागि चालिएका कदमबारे ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र विभागबाट नियमित अनुगमन तथा समन्वय गरिने छ। समस्याको पहिचान गरी जिम्मेवार निकाय तोक्ने, समाधानको समयसीमा निर्धारण गर्ने र त्यसको नियमित फलोअप गर्ने प्रणालीसमेत विकास गरिने विभागले जनाएको छ ।

यसैक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले राष्ट्रिय गौरवका आयोजनाको वर्तमान प्रगति र आगामी कार्ययोजना तयार गर्न आगामी साता सबै आयोजना प्रमुखसँग बैठक आह्वान गरेका छन् । प्रारम्भिक चरणमा विभागअन्तर्गतका महाकाली (तेस्रो) सिँचाइ आयोजना, रानी जमरा कुलरिया सिँचाइ आयोजना, बबई सिँचाइ आयोजना, भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना, सिक्टा सिँचाइ आयोजना तथा सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनालाई प्राथमिकतामा राखेर अनुगमन गर्ने तयारी गरिएको छ ।

विभागका अनुसार संयन्त्र आयोजना प्रगतिको विवरण संकलनमा मात्र सीमित हुने छैन। यसले समस्या पहिचान, तत्काल आवश्यक कदम, जिम्मेवारी निर्धारण र त्यसको परिणामको फलोअप गर्ने गरी नतिजामुखी प्रणालीका रूपमा काम गर्नेछ। आयोजनाअन्तर्गतका मुख्य संरचनाको निर्माणस्थल तथा आयोजना कार्यालयबाट प्राप्त विवरणलाई विभागको अनुगमन प्रणालीमा सिधै समेटेर नियमित समीक्षा गर्ने तयारीसमेत गरिएको उल्लेख छ ।

यसबाट लामो समयदेखि सञ्चालनमा रहेका राष्ट्रिय गौरवका आयोजनामा थप जवाफदेहिता कायम हुने र निर्धारित समय, लागत तथा गुणस्तरभित्र आयोजना सम्पन्न गर्न सहयोग पुग्ने अपेक्षा विभागले गरेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit