Advertisement
Advertisement
Corporate Samachar
२९ भाद्र २०८३, सोमबार
Advertisement

लेखा समितिमा आईजीपीमाथि भएको व्यवहारप्रति गृहमन्त्रीको आपत्ति

लेखा समितिमा आईजीपीमाथि भएको व्यवहारप्रति गृहमन्त्रीको आपत्ति
विज्ञापन
Advertisement

काठमाडौं । सार्वजनिक लेखा समितिमा नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीमाथि प्रस्तुत गरिएको शैलीप्रति गृहमन्त्री सुधन गुरुङले असन्तुष्टि जनाएका छन् । उनले आरोपको टुंगो नलाग्दै व्यक्तिलाई दोषीको रूपमा प्रस्तुत गर्नु उचित नभएको बताएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

शुक्रबार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा गृहमन्त्री गुरुङले आफ्नो अनुपस्थितिमा प्रहरी प्रमुखमाथि भएको व्यवहारप्रति ध्यानाकर्षण भएको बताए । ‘त्यसप्रति हामी खुसी छैनौँ । वि आर नट ह्याप्पी,’ उनले भने ।

सार्वजनिक लेखा समितिको बुधबारको बैठकमा प्रहरी, सशस्त्र प्रहरी र निर्वाचन प्रहरीका पोशाक तथा अन्य सामग्री खरिदमा अनियमितताको उजुरीमाथि छलफल भएको थियो । सो क्रममा सांसद खगेन्द्र सुनारले गृहसचिव र प्रहरी प्रमुखको भूमिकामाथि प्रश्न उठाउँदै नैतिकताका आधारमा राजीनामा दिनुपर्ने धारणा राखेका थिए ।

गृहमन्त्री गुरुङले भने छानबिनबाट दोष प्रमाणित हुनुअघि नै आरोपलाई निष्कर्षका रूपमा प्रस्तुत गर्न नहुने बताए । ‘आरोप लाग्न सक्छ । त्यसलाई पुष्टि भए जसरी करार गर्नु उचित होइन,’ उनले स्पष्ट पारे ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit