Advertisement
Advertisement
Corporate Samachar
२२ भाद्र २०८३, सोमबार
Advertisement

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई बरपिपल रिसोर्ट पोखरामा २० प्रतिशतसम्म छुट

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई बरपिपल रिसोर्ट पोखरामा २० प्रतिशतसम्म छुट
विज्ञापन
Advertisement

काठमाडौं। मुक्तिनाथ विकास बैंक लिमिटेडका ग्राहकले पोखरास्थित बरपिपल रिसोर्टमा विभिन्न सेवा तथा सुविधामा विशेष छुट पाउने भएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

बैंकले आफ्ना ग्राहकलाई थप सेवा तथा सुविधा उपलब्ध गराउने उद्देश्यले बरपिपल रिसोर्ट पोखरासँग छुटसम्बन्धी व्यावसायिक सम्झौता गरेको हो । सम्झौताअनुसार बैंकका ग्राहकले रिसोर्टमा खाना, आवास तथा स्पामा १० देखि २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । त्यस्तै, ६ जनाभन्दा बढीको समूहमा बुकिङ गर्दा एक जनाका लागि आवाससहित ब्रेकफास्ट र लन्च डिनर निःशुल्क उपलब्ध गराइने बैंकले जनाएको छ ।

उक्त छुट तथा सुविधा लिन बैंकका ग्राहकले मुक्तिनाथ विकास बैंकको मान्य डेबिट कार्ड वा प्रिभिलेज कार्ड प्रस्तुत गर्नुपर्नेछ । साथै, बैंकको मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकले पनि उक्त सुविधा प्राप्त गर्न सक्नेछन् ।

यसैबीच, मुक्तिनाथ विकास बैंकले आधारदरमा शून्य प्रतिशत प्रिमियममा लगानी गर्न सकिने ‘अटो लोन ’ सञ्चालनमा ल्याएको जनाएको छ । मुक्तिनाथ विकास बैंकका प्रमुख सूचना अधिकारी तिल बहादुर गुरुङले बैंकले ग्राहकलाई थप सुविधा प्रदान गर्ने उद्देश्यले विभिन्न संस्थासँग सहकार्य गर्दै आएको जानकारी दिए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit