Advertisement
Advertisement
Corporate Samachar
२९ भाद्र २०८३, सोमबार
Advertisement

सुनको मूल्य प्रतितोला २ हजार ७ सय र चाँदी १६० रुपैयाँले घट्यो

सुनको मूल्य प्रतितोला २ हजार ७ सय र चाँदी १६० रुपैयाँले घट्यो
विज्ञापन
Advertisement

काठमाडौं । नेपाली बजारमा बुधबार सुन र चाँदी दुवै धातुको मूल्य घटेको छ।

विज्ञापन
Advertisement
Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ४ हजार १ सय रुपैयाँ कायम भएको छ। मंगलबारको तुलनामा सुनको मूल्य प्रतितोला २ हजार ७ सय रुपैयाँले घटेको हो।

अघिल्लो कारोबार दिन (मंगलबार) सुन प्रतितोला ३ लाख ६ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १६० रुपैयाँले घटेर ४ हजार ५ सय ९५ रुपैयाँ कायम भएको छ। मंगलबार चाँदी प्रतितोला ४ हजार ७ सय ५५ रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा बुधबार सुन प्रतिऔंस ४ हजार ३ सय ३८ अमेरिकी डलरमा कारोबार भइरहेको छ। पछिल्ला दिनमा अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा देखिएको उतारचढावको प्रभाव नेपाली बजारमा समेत परेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit