काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले दोस्रो बजारमा मार्जिन ऋण कारोबारलाई व्यवस्थित, पारदर्शी र जोखिम न्यूनीकरणसहित सञ्चालन गर्ने उद्देश्यले ‘मार्जिन ऋण कारोवार नियमावली, २०८३’ को मस्यौदा तयार पारेको छ। बोर्डले मस्यौदालाई सार्वजनिक परामर्शका लागि राख्दै सरोकारवालाबाट राय तथा सुझाव माग गरेको छ।
सेबोनका अनुसार मस्यौदा दोस्रो बजार सुधारका लागि गठित समन्वय तथा सहजीकरण समितिमार्फत छलफलपछि तयार गरिएको हो। यसअघि मार्जिन कारोबारसम्बन्धी व्यवस्था निर्देशिका र कार्यविधिमार्फत अघि बढाइएकोमा अब यसलाई छुट्टै नियमावलीमार्फत थप व्यवस्थित गर्ने तयारी सेबोनको छ ।
मस्यौदाले मार्जिन ऋण कारोबारमा अनुमति तथा इजाजतपत्र, कारोबार सञ्चालन, ऋणको जोखिम व्यवस्थापन, स्रोत परिचालन तथा सम्बन्धित पक्षको जिम्मेवारीलाई छुट्टाछुट्टै संरचनामा राखेको छ।















प्रतिक्रिया दिनुहोस्