काठमाडौं। अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायमाथि विभिन्न विवादास्पद गतिविधिमा संलग्न रहेको आरोप लगाउँदै अनुसन्धान तथा छानबिन गर्न माग गरिएको छ ।
मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयमा दर्ता गरिएको निवेदनमार्फत उपाध्यायमाथि अनुसन्धान अघि बढाउन केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आग्रह गरिएको हो ।
निवेदनमा उपाध्यायलाई अर्थ सचिवमा सरुवा गराउन बिचौलिया दीपक भट्टको भूमिका रहेको आरोप लगाइएको छ। साथै, भट्टको नेतृत्वमा स्थापना गरिएको भनिएको नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीमा उपाध्यायकी श्रीमती भावना उपाध्यायको नाममा १० हजार कित्ता शेयर रहेको दाबी गरिएको छ ।
उक्त शेयर स्वामित्व, आर्थिक कारोबार तथा बिचौलियासँगको सम्बन्धले सरकारी निर्णय प्रक्रियामा स्वार्थको द्वन्द्व वा अनुचित प्रभाव पारे–नपारेको विषयमा छानबिन गर्न निवेदनमा माग गरिएको छ ।















प्रतिक्रिया दिनुहोस्