Advertisement
Advertisement
Corporate Samachar
२२ भाद्र २०८३, सोमबार
Advertisement

काठमाडौं उपत्यकामा सार्वजनिक सवारीको लोकेसन अब मोबाइलमै हेर्न सकिने

काठमाडौं उपत्यकामा सार्वजनिक सवारीको लोकेसन अब मोबाइलमै हेर्न सकिने
विज्ञापन
Advertisement

काठमाडौं। काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक सवारी साधनको अवस्था र आफूले पर्खिएको स्थानमा सवारी आइपुग्न लाग्ने समय मोबाइलबाटै हेर्न सकिने भएको छ।

विज्ञापन
Advertisement
Advertisement

‘केटीएम पब्लिक ट्रान्सपोर्ट’ मोबाइल एप्लिकेसन सार्वजनिक भएसँगै यात्रुले सार्वजनिक सवारीको वास्तविक अवस्थाबारे जानकारी लिन सक्ने भएका हुन्। संघीय राजधानी सहरी क्षेत्र सार्वजनिक यातायात परिषद्को तेस्रो बैठकमा परिषद्का अध्यक्ष एवं काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले बुधबार एप्लिकेसन सार्वजनिक गरेकी हुन्।

हाल एपमा जीपीएस जडान भएका करिब १ हजार २ सय सार्वजनिक सवारी साधनको विवरण हेर्न सकिने व्यवस्था गरिएको छ। आगामी दिनमा जीपीएसमा जोडिएका सवारीको संख्या बढाउँदै लैजाने योजना प्राधिकरणको रहेको उनले बताइन्। एप सार्वजनिक गर्दै अध्यक्ष डंगोलले काठमाडौं उपत्यकाको सार्वजनिक यातायातलाई थप सहज, सरल र पहुँचयुक्त बनाउन प्रविधिको प्रयोगसँगै सेवा विस्तारमा जोड दिनुपर्ने बताइन्। उनले रात्रिकालीन सार्वजनिक यातायात विस्तार गर्न तथा विद्यार्थीका लागि बिहानैदेखि सेवा सञ्चालन गर्न स्थानीय तहबीच सहकार्य आवश्यक रहेको उनको भनाइ छ।

बैठकले चालु आर्थिक वर्षमा सार्वजनिक यातायात सुधारसँग सम्बन्धित विभिन्न कार्यक्रम अघि बढाउने निर्णयसमेत गरेको छ। जसअनुसार बस स्टपर तथा पिक एन्ड ड्रप प्वाइन्ट निर्धारण, रात्रि बस सञ्चालनका लागि आवश्यक सर्त र सम्झौताको मोडल तयार गर्ने तथा नगरपालिकासँग सहकार्य गर्ने योजना छ। यस्तै, मुख्य बस स्टप तथा बसपार्कमा जीपीएस ट्याकिङमा आधारित सार्वजनिक यातायात सूचना प्रणाली जडान गर्ने र नगदरहित भाडा प्रणाली लागू गर्न आवश्यक कानुनी पूर्वाधार तयार गर्ने निर्णय भएको छ। परिषद्को बैठकले सार्वजनिक यातायातमा टिकट लिने संस्कारलाई प्रोत्साहन गर्न अभियान सञ्चालन गर्ने तथा यातायात क्षेत्रसँग सम्बन्धित अध्ययन र अनुसन्धान अघि बढाउने निर्णयसमेत गरेको छ।

परिषद्को पहिलो बैठक २०८० भदौ २८ गते बसेको थियो भने दोस्रो बैठक २०८१ सालमा बसेको थियो। दोस्रो बैठकले परिषद्को निर्णय प्रक्रिया र व्यवस्थापनलाई चुस्त बनाउन ९ सदस्यीय स्टेरिङ कमिटी गठन गर्ने निर्णय गरेको थियो। हाल परिषदमा ३५ सदस्य छन्। संघीय राजधानी सहरी क्षेत्र सार्वजनिक यातायात प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुवेर नेपालीले प्राधिकरणको कार्यक्षेत्रबारे विगतमा अन्तरसरकारी तहमा समान बुझाइ नहुँदा काम अघि बढाउन समस्या भएको बताए। सरकारले प्राधिकरणलाई पुनःसंरचना गर्ने निर्णय गरेसँगै चालु आर्थिक वर्षका कार्यक्रम प्रस्ताव गरिएको उनको भनाइ छ।

सहरी क्षेत्र सार्वजनिक यातायात व्यवस्थापनसम्बन्धी कानुनअनुसार संघीय राजधानी क्षेत्रमा सार्वजनिक यातायातको नियमन तथा व्यवस्थापनका लागि संघीय राजधानी सहरी क्षेत्र सार्वजनिक यातायात प्राधिकरण स्थापना गरिएको हो। प्राधिकरणको जिम्मेवारीमा यात्रुमैत्री तथा वातावरणमैत्री सार्वजनिक यातायात सञ्चालन, नगदरहित एकीकृत यातायात प्रणाली विकास, वास्तविक समयको यातायात सूचना प्रणाली सञ्चालन तथा बस बिसौनी र यातायात पूर्वाधार व्यवस्थापनलगायतका काम छन्।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit