Advertisement
Advertisement
Corporate Samachar
२२ भाद्र २०८३, सोमबार
Advertisement

विशेष आर्थिक क्षेत्र प्राधिकरणको कार्यकारी निर्देशकमा तीन जनाको नाम ‘सर्टलिस्ट’

विशेष आर्थिक क्षेत्र प्राधिकरणको कार्यकारी निर्देशकमा तीन जनाको नाम ‘सर्टलिस्ट’
विज्ञापन
Advertisement

काठमाडौं । विशेष आर्थिक क्षेत्र प्राधिकरण (सेज) को कार्यकारी निर्देशक नियुक्तिका लागि तीन जना उम्मेदवारको नाम सिफारिस गरिएको छ।

विज्ञापन
Advertisement
Advertisement

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार, कार्यकारी निर्देशक छनोटका लागि गठित सिफारिस समितिको भदौ १ गतेको निर्णयअनुसार सबैभन्दा बढी अंक प्राप्त गर्ने तीन जना उम्मेदवारलाई वर्णानुक्रमका आधारमा सिफारिस गरिएको हो।

सिफारिस हुने उम्मेदवारमा गोरखा नगरपालिका–९ का कृष्ण सिंह बस्नेत, दैलेखको दुल्लु नगरपालिका–१३ का बखत बहादुर शाही र काठमाडौं महानगरपालिका–१६ का बुद्ध काजी श्रेष्ठ रहेका छन्। विशेष आर्थिक क्षेत्र ऐन, २०७३ तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसम्बद्ध सार्वजनिक निकायमा पदाधिकारी तथा सदस्यहरूको नियुक्ति र मनोनयनसम्बन्धी निर्देशिका, २०७८ बमोजिम कार्यकारी निर्देशक छनोट प्रक्रिया अघि बढाइएको मन्त्रालयले जनाएको छ।

प्राधिकरणको रिक्त कार्यकारी निर्देशक पदमा खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्न गत असार २० गते सार्वजनिक सूचना जारी गरी आवेदन माग गरिएको थियो। स्वीकृत उम्मेदवारमध्ये मूल्यांकनमा सबैभन्दा बढी अंक प्राप्त गर्ने तीन जनाको नाम नियुक्तिका लागि सिफारिस गरिएको हो। अब सरकारले सिफारिस भएका उम्मेदवारमध्येबाट एकलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्नेछ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit