Advertisement
Advertisement
Corporate Samachar
२९ भाद्र २०८३, सोमबार
Advertisement

एनसेलको अन्तर्राष्ट्रिय आउटगोइङ कलमा ६० सेकेन्ड पल्स दर लागू

एनसेलको अन्तर्राष्ट्रिय आउटगोइङ कलमा ६० सेकेन्ड पल्स दर लागू
विज्ञापन
Advertisement

काठमाडौं । एनसेलले १९८ वटा गन्तव्य मुलुकका लागि अन्तर्राष्ट्रिय आउटगोइङ (बहिर्गमन) कलको पल्स दर परिवर्तन गरेको छ। कम्पनीले मंगलबारदेखि लागू हुने गरी ६० सेकेन्डको नयाँ पल्स दर कार्यान्वयनमा ल्याएको हो।

विज्ञापन
Advertisement
Advertisement

नेपाल दूरसञ्चार प्राधिकरणको साउन २२, २०८३ को स्वीकृतिअनुसार एनसेलले नयाँ पल्स दर (फोन कल गर्दा शुल्क लाग्ने न्यूनतम समयको हिसाब –जस्तै ६० सेकेन्डको एक पल्स) लागू गरेको जनाएको छ। दूरसञ्चार ऐन, २०५३ को दफा ४२ बमोजिम प्राधिकरणले एनसेलको नयाँ पल्स दरलाई स्वीकृति दिएको हो।

नयाँ पल्स दरअन्तर्गत अष्ट्रेलिया, बहराइन, क्यानडा, अमेरिका, चीन, फिनल्यान्ड, डेनमार्क, फ्रान्स, जर्मनी, भारत, हङकङ, इटाली, जापान, दक्षिण कोरिया, लेबनान, मलेसिया, न्युजिल्यान्ड, नर्वे, पाकिस्तान, पोल्यान्ड, कतार, रुस, रोमानिया, साउदी अरेबिया, सिंगापुर, दक्षिण अफ्रिका, स्पेन, स्विडेन, स्विट्जरल्यान्ड, ताइवान, थाइल्यान्ड, टर्की, संयुक्त अरब इमिरेट्स, बेलायत, मेक्सिकोलगायतका मुलुकमा कल गर्न ६० सेकेन्डको पल्स दर लागू हुनेछ।

नयाँ पल्स दर लागू भएका सबै मुलुकको पूर्ण सूची तथा अन्तर्राष्ट्रिय कल र एसएमएसको शुल्क एनसेलको वेबसाइटमा रहेको ‘इन्टरनेशनल कल एन्ड एसएमएस रेट’ खण्डमा हेर्न सकिने कम्पनीले जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit