Advertisement
Advertisement
Corporate Samachar
२९ भाद्र २०८३, सोमबार
Advertisement

शेयर बजारमा लगानीकर्ता ‘पर्ख र हेर’को अवस्थामा, कारोबार ३ अर्बमा खुम्चियो

शेयर बजारमा लगानीकर्ता ‘पर्ख र हेर’को अवस्थामा, कारोबार ३ अर्बमा खुम्चियो
विज्ञापन
Advertisement

काठमाडौं। साताको कारोबारको चौथो दिन बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक झिनो अंकले घटेर बन्द भएको छ।

विज्ञापन
Advertisement
Advertisement

बुधबार नेप्से परिसूचक ०.२६ अंकले घटेर २६२२.२२ विन्दुमा झरेको छ। यस दिन सेन्सेटिभ इन्डेक्स ०.०८ अंक र फ्लोट इन्डेक्स ०.०२ अंकले घटेको छ। सेन्सेटिभ फ्लोट इन्डेक्स भने स्थिर रहेको छ।

सूचकसँगै बुधबार कारोबार रकममा पनि उल्लेख्य कमी आएको छ। यस दिन ९५ लाख ८ हजार ८८२ कित्ता शेयर ३ अर्ब २९ करोड ८० लाख रुपैयाँ बराबरमा कारोबार भएको छ। मंगलबार भने ५ अर्ब ७ करोड ३५ लाख १८ हजार रुपैयाँ बराबरको शेयर किनबेच भएको थियो। बुधबार माउन्ट एभरेस्ट पावर डेभलपमेन्ट र सर्वोत्तम पेन्ट्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। माउन्ट एभरेस्ट पावरको शेयर मूल्य ९० रुपैयाँ ४० पैसा बढेर ६९३ रुपैयाँ ६० पैसा पुगेको छ। सर्वोत्तम पेन्ट्सको शेयर मूल्य पनि ७८ रुपैयाँ ६० पैसा बढेर ६०३ रुपैयाँ २० पैसा पुगेको छ।

यस दिन कारोबारमा आएको मनकामना इन्जिनियरिङ हाइड्रोपावरको शेयर मूल्य सर्वाधिक ८.४५ प्रतिशतले घटेको छ। कारोबार रकमका आधारमा साहस ऊर्जा शीर्ष स्थानमा रहेको छ। कम्पनीको १७ करोड ५२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। सोलु हाइड्रोपावरको १६ करोड ८८ लाख रुपैयाँभन्दा बढी र रिलायन्स स्पिनिङ मिल्सको १५ करोड ५५ लाख रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ।

बुधबार १३ उपसमूहमध्ये ५ वटा उपसमूहको परिसूचक बढेको छ भने ८ वटा घटेका छन्। बैंकिङ, हाइड्रोपावर, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूह बढेका छन्। यस्तै विकास बैंक, वित्त, होटल तथा पर्यटन, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त र म्युचुअल फन्ड उपसमूहको परिसूचक घटेको छ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit