Advertisement
Advertisement
Corporate Samachar
२२ भाद्र २०८३, सोमबार
Advertisement

दोस्रो नेपाल इन्स्योरेन्स फुटसल प्रतियोगिता असोज ३ गते हुने

दोस्रो नेपाल इन्स्योरेन्स फुटसल प्रतियोगिता असोज ३ गते हुने
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले दोस्रो नेपाल इन्स्योरेन्स फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

कम्पनीले आफ्नो ७९औँ वार्षिकोत्सवको अवसरमा आगामी असोज ३ गते सामाखुसी फुटसलमा प्रतियोगिता आयोजना गर्न लागेको हो। प्रतियोगितामा नेपाल बीमा प्राधिकरणसहित जीवन बीमा, निर्जीवन बीमा, लघुबीमा तथा पुनर्बीमा कम्पनीका कर्मचारीहरूको सहभागिता रहनेछ ।

प्रतियोगिताको उद्देश्य बीमा क्षेत्रका कर्मचारीबीच आपसी समन्वय, सद्भाव र आत्मविश्वास अभिवृद्धि गर्नुका साथै स्वस्थ जीवनशैलीप्रति चेतना बढाउनु रहेको कम्पनीले जनाएको छ । प्रतियोगितामा प्रथम र द्वितीय हुने टोलीलाई ट्रफी तथा प्रमाणपत्र प्रदान गरिनेछ ।

यसअघि आयोजित प्रतियोगिताको पहिलो संस्करणमा बीमा क्षेत्रका विभिन्न संस्थाबाट उत्साहजनक सहभागिता भएको थियो । सोही उत्साहलाई निरन्तरता दिँदै यस वर्ष पनि बीमा क्षेत्रका संस्थाहरूबाट व्यापक सहभागिता हुने कम्पनीले अपेक्षा गरेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit