काठमाडौं । तिब्बततर्फ नदी थुनिएको स्थानमा बनेको ताल अझै पूर्ण रूपमा नखुलेपछि भोटेकोसी र त्रिशूली नदी आसपासको जोखिम कायमै रहेको छ।
जल तथा मौसम विज्ञान विभागले चीनतर्फबाट दिउँसो १ः३० बजे प्राप्त सूचनाका आधारमा नदी थुनिएको स्थानमा ताल पूर्ण रूपमा नखुलेको जनाएको हो । ताल पूर्ण रूपमा नखुलेका कारण भोटेकोसी र त्रिशूली नदीको तल्लो तटीय क्षेत्रमा जोखिम कायमै रहेको विभागले जनाएको छ ।
विभागले अर्को सूचना जारी नभएसम्म भोटेकोसी र त्रिशूली नदीबाट टाढा सुरक्षित स्थानमा रहन सर्वसाधारणलाई आग्रह गरेको छ।
‘चीनतर्फबाट प्राप्त सूचनाअनुसार नदी थुनिएको स्थानमा अझै ताल पूर्ण रूपमा नखुलेको हुँदा भोटेकोसी र त्रिशूली नदी आसपासको जोखिम कायमै रहेको छ । अर्को सूचना जारी नभएसम्म नदीबाट टाढा सुरक्षित स्थानमा रहनुहुन सबैमा अनुरोध छ,’ विभागले भनेको छ। हाल रसुवा, धादिङ र नुवाकोट जिल्लामा अहिले पानी परेको छैन। बादल लागिरहेकोले साँझसम्म मध्यमसम्मको पानी पर्ने सम्भावना सहेको विभागले जनाएको छ।
















प्रतिक्रिया दिनुहोस्