Advertisement
Advertisement
Corporate Samachar
२२ भाद्र २०८३, सोमबार
Advertisement

सुन तोलामा १२ सय रुपैयाँले घट्यो, कारोबार मूल्य कति ?

सुन तोलामा १२ सय रुपैयाँले घट्यो, कारोबार मूल्य कति ?
विज्ञापन
Advertisement

काठमाडौं । नेपाली बजारमा बिहीबार सुन र चाँदीको मूल्य घटेको छ।

विज्ञापन
Advertisement
Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला १ हजार २०० रुपैयाँले घटेर ३ लाख २० हजार ९०० रुपैयाँमा कायम भएको छ। बुधबार सुन प्रतितोला ३ लाख २२ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले घटेको छ। बुधबार प्रतितोला ४ हजार ९७५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार ४ हजार ९६५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा भने बिहीबार सुन प्रतिऔंस ४ हजार ६२२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit