Advertisement
Advertisement
Corporate Samachar
२२ भाद्र २०८३, सोमबार
Advertisement

माथिल्लो त्रिशूली–३ बी अपडेट: जनशक्ति थपेर चिनियाँ टोलीसँगै खोजी गर्दै सेना

माथिल्लो त्रिशूली–३ बी अपडेट: जनशक्ति थपेर चिनियाँ टोलीसँगै खोजी गर्दै सेना
विज्ञापन
Advertisement

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले पुरिएको नुवाकोटस्थित माथिल्लो त्रिशूली–३ बी जलविद्युत आयोजनाको सुरुङमा नेपाली सेनाले खोज तथा उद्धार कार्य जारी राखेको छ।

विज्ञापन
Advertisement
Advertisement

बाढीपछि सुरुङमा ३० भन्दा धेरै मानिस फसेको आशंका गरिएको छ। नेपाली सेना र नेपाल विद्युत् प्राधिकरणको संयुक्त टोलीले खोज तथा उद्धारको काम गरिरहेको हो। नेपाल सरकारको अनुमतिमा भदौ १३ गते चिनियाँ उद्धार टोली पनि निजी हेलिकोप्टरसहित नुवाकोटको त्रिशूली पुगेको थियो। त्यसपछि नेपाली सेनासँग समन्वय गरी टोली माथिल्लो त्रिशूली–३ बीको सुरुङ क्षेत्रमा पुगेको थियो। चिनियाँ टोलीले सोही दिन आयोजनाको सुरुङ क्षेत्रको रेकी गरेको थियो। चिनियाँ उद्धार टोलीले त्यसै दिन रसुवास्थित माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाको पनि रेकी गरेको थियो। दुवै आयोजनाको स्थलगत निरीक्षणपछि टोलीले घटनास्थलको वस्तुस्थितिबारे नेपाली सेनालाई जानकारी गराएको थियो।

भदौ १४ गते चिनियाँ उद्धार टोली माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजना क्षेत्रमा उद्धार कार्यमा केन्द्रित भएको प्रधानमन्त्री सचिवालयले जनाएको छ। यता, सोही दिन माथिल्लो त्रिशूली–३ बीको सुरुङमा भने नेपाली सेनाको भैरवनाथ गणका १५ जना र नेपाल विद्युत् प्राधिकरणको संयुक्त टोलीले खोज तथा उद्धारको प्रयास थालेको थियो। उद्धार कार्यमा थप जनशक्ति थपेर सोमबार बिहान ९ बजेदेखि भैरवनाथ गणका थप १६ जना सैनिक टोली परिचालन गरिएको जनाइएको छ। थपिएको टोलीले सुरुङ क्षेत्रमा खन्ने तथा अवरोध हटाउने काम गरिरहेको छ।बाढीका कारण सुरुङ ठूलो मात्रामा पुरिएकाले उद्धार कार्य चुनौतीपूर्ण बनेको छ। सुरुङभित्र मानिस फसेको आशंका रहे पनि हालसम्म उनीहरूको यकिन अवस्थाबारे विवरण उद्धार टोलीले पाएको छैन। उद्धार टोलीले सुरुङभित्र पुगेर वास्तविक अवस्था पत्ता लगाउने प्रयास गरिरहेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit