Advertisement
Advertisement
Corporate Samachar
२२ भाद्र २०८३, सोमबार
Advertisement

कृष्णभीरको सडक तत्काल नखुल्ने संकेत, सडक विभागको जवाफ अझै गोलमटोल

कृष्णभीरको सडक तत्काल नखुल्ने संकेत, सडक विभागको जवाफ अझै गोलमटोल
विज्ञापन
Advertisement

काठमाडौं। पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा सडक भासिएको तीन दिन बितिसक्दा पनि राजमार्ग सञ्चालनमा ल्याउने विषयमा सडक विभाग अझै ठोस निष्कर्षमा पुग्न सकेको छैन।

विज्ञापन
Advertisement
Advertisement

विभागले सडक खुलाउने विषयमा अध्ययन र छलफल जारी रहेको जनाए पनि तत्काल सडक सञ्चालनमा ल्याउने स्पष्ट योजना सार्वजनिक गर्न सकेको छैन। सडक विभागले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा विभागका महानिर्देशक डा. विजय जैसीले कृष्णभीरको सडक खुलाउने विषयमा आज पनि गहन छलफल भएको तर कुन विकल्प अपनाउने भन्नेबारे निर्णय हुन नसकेको बताए। ‘राजमार्ग कसरी खुलाउने भन्ने विषयमा आज पनि गहन छलफल भयो। तर, अहिलेसम्म निष्कर्षमा पुगिसकेका छैनौँ,’ जैसीले भने।

उनका अनुसार सडकको भौगोलिक तथा प्राविधिक अवस्थाबारे जियो–टेक्निकल टोलीसँग थप परामर्श गरिनेछ। प्राविधिक टोलीको अध्ययन र सुझावका आधारमा मात्रै सडक सञ्चालनका लागि उपयुक्त विकल्प तय गरिने विभागको भनाइ छ। विभागले कृष्णभीरमा भासिएको सडक खण्डलाई नै मर्मत गरेर सञ्चालनमा ल्याउने वा त्रिशूली नदीपारि नयाँ ट्र्याक खोल्ने भन्ने दुई विकल्पबारे छलफल गरिरहेको छ। तर, कुन विकल्प सुरक्षित र व्यवहारिक हुन्छ भन्ने टुंगो प्राविधिक अध्ययनपछि मात्रै लाग्ने महानिर्देशक जैसीले बताए।

यसले पृथ्वी राजमार्ग तत्काल सञ्चालनमा आउने सम्भावना कम रहेको संकेत गरेको छ। सडकको अवस्थाबारे प्राविधिक अध्ययन पूरा भएपछि मात्रै मर्मत वा वैकल्पिक ट्र्याक निर्माणको प्रक्रिया अघि बढ्ने देखिएको छ। पृथ्वी राजमार्ग अवरुद्ध भएपछि काठमाडौंलाई पश्चिम नेपालसँग जोड्ने प्रमुख सडक सम्पर्क प्रभावित भएको छ। राजमार्ग बन्द रहेकाले यात्रु तथा सवारीसाधनलाई हाल हेटौँडा जोड्ने वैकल्पिक राजमार्गमार्फत आवतजावतको व्यवस्था मिलाइएको सडक विभागले जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit