Advertisement
Advertisement
Corporate Samachar
२२ भाद्र २०८३, सोमबार
Advertisement

बाढीपीडितका लागि बालकल्याण विद्यामन्दिरको १० लाख सहयोग

बाढीपीडितका लागि बालकल्याण विद्यामन्दिरको १० लाख सहयोग
default
विज्ञापन
Advertisement

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सहयोग जुट्ने क्रम जारी छ।

विज्ञापन
Advertisement
Advertisement

यसैक्रममा मोरङको विराटनगर–११ स्थित बालकल्याण विद्यामन्दिर माध्यमिक विद्यालयले १० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।विद्यालयमा कार्यरत सम्पूर्ण शिक्षक–कर्मचारी तथा विद्यालय परिवारको तर्फबाट उक्त रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरिएको विद्यालयले जनाएको छ। विद्यालयले कृषि विकास बैंक, विराटनगर शाखामार्फत उक्त रकम कोषमा हस्तान्तरण गरेको हो।

भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा र नुवाकोटलगायतका जिल्लामा ठूलो जनधन तथा भौतिक पूर्वाधारमा क्षति पुगेपछि प्रभावितको उद्धार, राहत र पुनःस्थापनाका लागि विभिन्न व्यक्ति, संस्था तथा निजी क्षेत्रबाट आर्थिक सहयोग जुट्ने क्रम मंगलबार पनि जारी छ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit